Posted by: newuser June 29, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
Yeh Ashu, try राम्रो रचना: मिठो नेपाली by कृष्ण प्रसाद पराजुली to begin with. नेपेजी तपाईंको जमानाको भन्दा अहिलेको अंग्रजीमा निश्चित रुपमा वेसी सुधार भाछ। कमसकेम बग्रेल्ती खुलेका वोर्डिङ्ग, एफएम रेडियोका एकोहोरो आलाप, अंग्रेजी वोल्दा ठूलो भइने शहरिया आनिवानीले अंग्रेजी भाषाको स्तरमा केहि न केहि वृद्धि गरेकै छ। तर नेपाली भाषा त अति नै खस्किसक्यो, त्यता पनि त विचार पु-याउनुप-यो नी। आजभोलीका स्नातक, स्नातकोत्तरहरुलाई ए एउटा निवेदन लेखन त नेपालीमा भन्यो भने त्यै पनि आउँदैन। सत्ते म आँफैलाई हम्मे पर्छ। शहरका सयमा पचास जना बीच बीचमा अंग्रेजी नघुसाई वोल्नै सक्दैनन। यस्तो वेलामा लगभग सम्पूर्ण जनसंख्याले बुझ्ने, अधिकांशले बोल्ने आफ्नो राष्ट्रिय भाषाको आधारभूत शव्दरचना र व्याकरण सिकाउने विषयको एउटा जाँच उच्चशिक्षामा एकपटक अनिवार्य दिनु पर्ने व्यवस्थाले विद्यार्थीमा कुन चाइने मनोवैज्ञानिक दवाव पार्छ र ? प्राविधिक विषयमा भाषागत विकास नहुनाले गाह्रो भयो रे तर एकै विषय एकपल्ट दिंदा त त्यस्तो वढि भार (overload) नहुने पर्ने हैन र भन्या ? बरु विज्ञान नेपालीमा पढाउँदा विद्यार्थीको पढाईमा वाधा पुगेको भए एक कक्षा देखिनै अंग्रेजीमै पढाए ठिकै होला तर नेपाली भाषाको सहज लेखन र वोलीचालीलाई शुद्ध र अक्षुण राख्न कमसेकम ११ कक्षासम्म एक विषय नेपालीमा त हुनै पर्छ जस्तो लाग्छ है मलाई त। नत्र भोलीको पीढिले न त शुद्धसंग नेपाली वोल्न जान्नेछ, न त सामान्य रुपमा लेख्न नै जान्नेछ। अहिले नै नेपाली भाषाको जात्रा भैसक्यो, अझै चरणवद्ध रुपमा यसलाई सिमित गर्दै जाने हो भने त हाम्रो मौलिक भाषा नै लोप हुन्छ गाँठे।
Read Full Discussion Thread for this article