Posted by: Nepe June 29, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
Ddagirijee, यो आशु भन्ने मान्छे बिछुक रछ । यसो मिल्ती गर्न परो भनेर आको, बोली भुँईमा खस्न पा छैन, नेपेको बुद्धि तुरिएछ भन्ने भनाई खान परो दादागिरीको । धेत ! दादागिरीजी, यो अकिञ्चन नेपे अंग्रेजी-पिडित विज्ञानको विद्यार्थी हो । अंग्रेजीमा ५३ अंक ल्याएर SLC पास (गणितमा त ८३ ल्याका थेम नि फेरि) गरेर अस्कलमा I.Sc. पढ्दा ६ महिना सम्म भुतो भाङ केहि बुझ्या भए मरि जाम । कति पल्ट त आई I.Sc. लाई आ एस्सै छोडेर फर्किम कि I.L. तिरै भन्ने सुर नचड्या कहाँ हो र । मैले Law क्याम्पसमा ६ महिना पढेर छोडिदिएको भने मैले ? कुरो के भने मैले आफ्नो प्रतिभा र व्यक्तित्व (फटाहा र चलाख भन्या नि) लाई सुहाउने त Law नै हो भनेर ल क्याम्पसमा भर्ना भा' थें । भर्ना त भईयो, तर बसि खान देनन्, जान्ने सुन्ने आफन्तहरुले । 'लौ हेर, १० कक्षामा फस ब्वाई भा नेपेको बुद्धि बिग्रेर Law पो पढ्न थालेछ' भन्ने गुनासोले कान टट्टाएपछि कानमा कपासमात्र हालेर हिंड्न बाँकी थ्यो । अनि Law लाई चटक्कै माया मारेर हालें दरखास्त तीनतिर- पुल्चोक, महाराजगञ्ज र अस्कलमा । नाम निस्को पुल्चोक र अस्कलमा । पुल्चोकमा परिवन्दले भर्ना हुन पाईएन । पुल्चोक क्याम्पसको धागोमा OK र तपाईहरुले हरुले धुमधाम मच्चाउदा मेरो पनि केजाति 'हिङ नभए पनि हिङ बाँधेको टालोको' सम्बन्ध छ पुल्चोक क्याम्पससंग भनेर छिरम कि जस्तो लाग्या थ्यो । फेरि अर्कैले उडाईदिया प्रेमिकालाई सम्झे भाँती सम्झेर के अमिलो बनाम मुन भनेर थामिएँ । अब अस्कलको दुखेसो त सुनाई हालें । यो सप्पै बिर्तान्त सुनाको किन भने, आई एस्सी नेपाली मै पढ्न पाए क्या खास्सा हुन्तो भनेर यै नेपेले भन्नु पर्ने होईन र ? किन भनेन त ? ल गम खानुस् दादागिरीजी । म चाहि एक फेरा यस्सो Nepaldemocracy@googlegroups तिर हावा खाएर आम्छु ।
Read Full Discussion Thread for this article