Posted by: Dada_Giri June 28, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
- http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=44264 नेपाली हटाउने निर्णय फिर्ता नलिए राजीनामा कास काठमाडौं, असार १४ - कक्ष्ाा ११ का सबै संकायबाट अनिवार्य नेपाली विषय हटाउने निर्णय फिर्ता नलिए नेपाली विषय समितिका अध्यक्ष डा. दयाराम श्रेष्ठ 'सम्भव' ले पदबाट राजीनामा दिने बताउनुभएको छ । उच्च माध्यमिक शिक्ष्ाा परिषद्को उक्त निर्णयविरुद्ध सम्बद्ध विज्ञ र प्राध्यापकहरू विरोध आन्दोलनमा छन् । नेपाली विषय समन्वय समितिका संयोजक प्रा. ठाकुर पराजुलीका अनुसार शिक्षा मन्त्री स्वयम्ले यो मुद्दामा वार्ताका लागि बोेलाउने भनेकोमा कुनै जानकारी आएको छैन । 'हामी यो साताभर पर्खनेछौं,' उहाँले कान्तिपुरसँग भनुभयोे- 'त्यसपछि चरणबद्ध आन्दोलनमा उत्रनेछौं ।' कक्षा ११ बाट यस शैक्षिक सत्रबाट लागू हुने गरी अनिवार्य नेपाली विषय हटाउनु 'राष्ट्र र राष्ट्रियता' विरोधी कदम भएको भन्दै केदार शर्मा, डा. व्रतराज आचार्य, हेमाङ्गराज अधिकारी र सम्भवसहितको एक समन्वय समितिले यो कदमको विरोध जनाउँदै आएको छ । 'हामीले विज्ञहरूको सुझावमा यो कदम चालेका हौं,' उच्च माध्यमिक शिक्षा परिषद्का प्रवक्ता नारायणप्रसाद कोइरालाले भन्नुभयो- 'यो परिषद्को आफ्नै र एकलौैटी निर्णय होइन ।' नेपाली विषय हटाउनेबारे डा. पार्थिवेश्वर तिमिल्सिनाको संयोजकत्वमा डा. मनप्रसाद वाग्ले, डा. वासुदेव काफ्ले, डा. गोविन्द आचार्य, डा. विशालनाथ उप्रेती, डा. प्रद्युम्न काफ्लेसहितको कार्यदलले परिषद्मा सुझाव प्रतिवेदन दिएकोे थियो । 'यो निर्णयबाट शैक्षिक पाठ्यक्रमको संरचना त बिग्रेको छ नै । राष्ट्र-राष्ट्रियताको मुद्दा पनि ओझेलमा परेको छ,' समिति संयोजक पराजुलीलेे भन्नुभयो- 'आफ्नै मुलुकको पाठ्यक्रममा आफ्नै निर्णयबाट आफ्नै राष्ट्रभाषा ओझेलमा परेको मुद्दा दीर्घकालीन अर्थमा जटिल र संवेदनशील बन्नेछ भनेर बुझाउन पनि आन्दोलन गर्नुपर्ने भएको हो ।'काठमाडौं, १४ असार -कास)- कक्ष्ाा ११ का सबै संकायबाट अनिवार्य नेपाली विषय हटाउने निर्णय फिर्ता नलिए नेपाली विषय समितिका अध्यक्ष डा. दयाराम श्रेष्ठ 'सम्भव' ले पदबाट राजीनामा दिने बताउनुभएको छ । उच्च माध्यमिक शिक्ष्ाा परिषद्को उक्त निर्णयविरुद्ध सम्बद्ध विज्ञ र प्राध्यापकहरू विरोध आन्दोलनमा छन् । नेपाली विषय समन्वय समितिका संयोजक प्रा. ठाकुर पराजुलीका अनुसार शिक्षा मन्त्री स्वयम्ले यो मुद्दामा वार्ताका लागि बोेलाउने भनेकोमा कुनै जानकारी आएको छैन । 'हामी यो साताभर पर्खनेछौं,' उहाँले कान्तिपुरसँग भनुभयोे- 'त्यसपछि चरणबद्ध आन्दोलनमा उत्रनेछौं ।' कक्षा ११ बाट यस शैक्षिक सत्रबाट लागू हुने गरी अनिवार्य नेपाली विषय हटाउनु 'राष्ट्र र राष्ट्रियता' विरोधी कदम भएको भन्दै केदार शर्मा, डा. व्रतराज आचार्य, हेमाङ्गराज अधिकारी र सम्भवसहितको एक समन्वय समितिले यो कदमको विरोध जनाउँदै आएको छ । 'हामीले विज्ञहरूको सुझावमा यो कदम चालेका हौं,' उच्च माध्यमिक शिक्षा परिषद्का प्रवक्ता नारायणप्रसाद कोइरालाले भन्नुभयो- 'यो परिषद्को आफ्नै र एकलौैटी निर्णय होइन ।' नेपाली विषय हटाउनेबारे डा. पार्थिवेश्वर तिमिल्सिनाको संयोजकत्वमा डा. मनप्रसाद वाग्ले, डा. वासुदेव काफ्ले, डा. गोविन्द आचार्य, डा. विशालनाथ उप्रेती, डा. प्रद्युम्न काफ्लेसहितको कार्यदलले परिषद्मा सुझाव प्रतिवेदन दिएकोे थियो । 'यो निर्णयबाट शैक्षिक पाठ्यक्रमको संरचना त बिग्रेको छ नै । राष्ट्र-राष्ट्रियताको मुद्दा पनि ओझेलमा परेको छ,' समिति संयोजक पराजुलीलेे भन्नुभयो- 'आफ्नै मुलुकको पाठ्यक्रममा आफ्नै निर्णयबाट आफ्नै राष्ट्रभाषा ओझेलमा परेको मुद्दा दीर्घकालीन अर्थमा जटिल र संवेदनशील बन्नेछ .
Read Full Discussion Thread for this article