Posted by: Houston June 27, 2005
A must read Poem - Srawan Mukarung
Login in to Rate this Post:     0       ?        
प्रजातन्त्रको विकल्प खोज्दा त्योभन्दा बढी प्रजातन्त्र नभई निरंकुशतन्त्र दिएपछि समाधान प्राप्त हुन सक्दैन । हिजोको देश र माटो सुहाउँदो भनिएको अपारदर्शी पञ्चायती प्रजातन्त्रमा जति देशको ब्रह्मलूट कहिल्यै भएन । जनताको शक्ति बढेको देखि नसक्ने वर्गले फेरि आफ्ना तिनै पुराना दिन फर्काउन प्रजातन्त्रका दुर्गुण देखाएर त्यसलाई समाप्त पार्न ताक पर्खिबसेको देखियो । नेपाल एकीकरणयता मुलुकको शासनमा प्रजातन्त्रले १५/१६ वर्षभन्दा बढी समय पाएको छैन । बाँकी समय राजा र राणाहरूकै प्रत्यक्षा शासनमा यो मुलुक शासित छ । 'राजाले तीन वर्षमात्र मागेका हुन्, त्यति पनि नदिने' भन्ने तर्क शासन निकटस्थहरूले गर्दै आएका छन् । पञ्चायतका ३० वर्षमा मुलुकलाई विकासको चुलीमा पुर्?याउन कसले रोकेको थियो ? किन भएन विकास ? राजालाई देखाउन छट्टुहरूले बाँझा खेतहरूलाई रातारात नक्कली काउली बारीमा रूपान्तरण गरेकोजस्तो विकास नदेखिएको हो र ? अहिले भर्खरै त्यसको नौलो संस्करण दोहामा आयोजना भएको प्रमोट नेपालमा पनि देखियो । जहिले पनि राजालाई सक्रिय हुन उक्साएर जनताबाट अलगथलग रहेको वर्गले यो मुलुकमाथि शासन गर्न चाहेको देखिन्छ । कतैबाट बाधा विरोध नहुने गरी निरंकुश ढंगले शासनमा बसेर राजाका नाममा शासन गर्न पाए तिनलाई सहज लाग्छ । दोषजति राजाका शिरमा राखिदियो फाइदा जति आफूले लियो गर्न पाइन्छ । चुनावमा जानु नपर्ने, जनतालाई सुन्नु नपर्ने र आफूलाई मन लागेजस्तो शासन गर्न पाइने अवस्था त्यसैका निम्ति सिर्जना गर्न खोजिएको छ । यसले अन्ततः बेफाइदा राजालाई नै हुने हो, राजाको नाम भजाएर शासन गर्नेहरू त भोलि अर्को ताकमा भइहाल्छन् । अहिले मुलुकको द्वन्द्व समाधान गरेरभन्दा चर्काएर बढ्ता फाइदा लिन पाइन्छ । केही घन्टा हेलिकोप्टर उडाएर बढाइने घन्टाको कमिसन केही समययता चल्दै आएको पनि सुनिन्छ । गरिब जनताको सुरक्ष्ााका नाममा खरिद गरिने सुरक्षा सामग्रीबाट लाभ लिने वर्ग पनि छँदैछ । तिनलाई मुलुकको समस्या समाधान भएरभन्दा नभएर नै फाइदा छ । यदि मुलुकका समस्या समाधान गर्नेपट्ट िध्यान थियो भने माघ १९ पछि कति काम भयो ? सबैले अनुभव गरेकै कुरा हो । अन्यथा द्वन्द्वको समाधानभन्दा नागरिक अधिकार कुण्ठित गर्ने र शासनलाई आफू अनुकूल मात्र पार्ने काम हुने थिएन । राजा पृथ्वीनारायणले यो मुलुकको एकीकरण गर्दा मुलुकको भावनात्मक एकीकरण पनि सोचेको हुनुपर्छ । यो मुलुक राजाहरूको मात्र आर्जन होइन सबै जनता मिलेर बनाएको मुलुक हो भन्ने भावनाको विकास गराउन सकिएको छैन । त्यसैले त श्रवणको कवितामा प्रकट भएर बिसे नगर्ची घोषणा गर्छ- मालिक ! मान्छे बौलाएपछि आफैँसित पनि निहुँ खोज्दोरहेछ अढाइसय वर्षदेखि मैले तुनेका थाङ्नामा हुर्केका मेरा दरसन्तानहरू कहाँकहाँ पुगे ? मैले खोज्न चाहेँ हुँला मेरा औंलामा खोपिएका छ्यान्द्रा बगेका रगतहरूले मलाई उक्सायो तरबारले आर्जेको मुलुकभन्दा मैले धागोले उनेको मुलुक विशाल ठानेँ हुँला । मालिक ! यस बाटोको इतिहाससँगै म हजुरको राष्ट्रमा छु म कसरी अराष्ट्रिय हुन सक्छु ? म साँच्चै बोलाएँ मालिक ! साँच्चै बौलाएँ...
Read Full Discussion Thread for this article