Posted by: pilot June 26, 2005
Why Democracy seems like a 'corrupt option'
Login in to Rate this Post:     0       ?        
भ्रष्टाचार, अधिनायकवाद र प्रजातन्त्र डा. रामशरण महत - १८ जुनमा 'द काठमान्डु पोस्ट' को पहिलो पृष्ठमा छापिएको तस्वीरमुनि लेखिएको छ- चार दिनअघि बाँकेको तपेरी होलियाका २ गाउँमा आगलागीबाट ८६ घर नष्ट भए । तर घटनाको ३ दिनपछि पनि त्यहाँ कुनै उद्धारकर्मी पुगेका छैनन् । प्रजातन्त्र नहुँदाको मानवीय संकट मुलुकमा संसद्लगायत प्रजातान्त्रिक संस्थाहरू अस्तित्त्वमा हुन्थे भने तपेरी होलियाको यति उपेक्षा हुन सक्दैनथ्यो । सञ्चारमाध्यमले कटाक्षपूर्ण टिप्पणी गर्न थाल्थे । जनप्रतिनिधिहरू बोल्थे, संसद्मा हंगामा हुन्थ्यो, सरकारी उद्धार टोली २४ घन्टाभित्रै घटना स्थलमा पुगिसक्थ्यो । मलाई सम्झना छ, ०५१ सालमा बाडी र पहिरोबाट मध्यभेगमा ठूलो क्षति भयो । त्रिभुवन राजपथका थुप्रै पुल बगे, यातायात अवरुद्ध भयो । प्रजातान्त्रिक सरकारले रातोरात देशी-विदेशी सहयोग जुटायो र युद्धस्तरमा राहत वितरण र पुनर्निर्माण भयो । हवाईमार्गबाट बेलायतदेखि बेली बि्रजहरू उतारिए । गोरखा सैनिक प्राविधिकहरू झिकाइयो । त्रिभुवन राजपथका ३ ठाउँमा बेली बि्रज जडान गरियो । बाडीले क्षतिग्रस्त कुलेखानीको पेनस्टक पाइपलाई चौबीसै घन्टा काम गरी केही महिनाभित्रै पुनर्निर्माण गरियो । विश्व प्रशिद्ध भारतीय अर्थशास्त्री आमि्रत्यो सेनले विस्तृत अध्ययनको आधारमा एउटा दर्शन विकास गरे जसलाई विश्व समुदायले स्वीकार गर्‍यो र उनलाई अर्थशास्त्रमा नोबेल पुरस्कार दिइयो । त्यो दर्शनले भन्छ- प्राकृतिक दुर्घटना, भोकमरीजस्ता मानवीय संकटको प्रभावकारी सामना प्रजातान्त्रिक पद्धति र स्वतन्त्र प्रेस भएको मुलुकमा मात्र सम्भव छ । १९४३ को बंगाल भोकमरीमा करिब ३० लाख भारतीयले ज्यान गुमाए । तर स्वतन्त्रता र प्रजातन्त्रपछि मौसम अति प्रतिकूल भएका वर्षमा पनि शीघ्र राहत र उद्धारका कारण भोकमरीको समस्या नियन्त्रण बाहिर गएन ।
Read Full Discussion Thread for this article