Posted by: newuser June 25, 2005
What happened?
Login in to Rate this Post:     0       ?        
हामी त खुला समाजमा हुर्कन र पढ्न पायौं। व्यक्तिगत स्वतन्त्रता र समान नागरिक अधिकार के हो वुझ्न पायौं। आफ्ना अधिकार खोसेर लिन नसके युरोप/अमेरिकामा बसेर उपभोग गरौंला रे । तर अवको सन्तती, जो अँध्यारोमा हुर्कने छ, जो विश्वको द्रुततर परिवर्तन र विकासबाट विल्कुल वेखबर हुनेछ, जसका वोल्ने मुखहरु थुनिनेछन वन्दुकका नालबाट, जसका लागि नेपाल अब केवल काठमाण्डु हुनेछ: उनिहरु कस्तो जीवन जिउलान २१ औं शताव्दीमा ? देश लगातार तानाशाहीको अँध्यारो पिंजरा वन्दै गइरहेको छ, जव राजाले पिंजरामा ताल्चा लगाउनेछन तव त्यसभित्र वस्नेहरुले थाह पाउनेछन पिंजरामा थुनिनु कति सकसपूर्ण हुनेछ। उनिहरुको श्राप अहिलेका हुनेखाने शिक्षित नेपालीहरुलाई लाग्नेछ जो स्वार्थको डोरीले वाँधिएर तानाशाहीको संरक्षण गर्न आतुर भैरहेका छन । मान्छे सुगा होइन जो मालिकको विहान वेलुकाको दानापानी पाएर पिंजरामा वस्न चाहोस। आजका हाम्रा गल्तिहरुका कारण नेपाली जातिले शताव्दियौं सम्म सजायँ पाउन सक्छन। सवैलाई चेतना भया। 'वह वक्त भी देखा तारिख की घडियों ने लम्होंने खता की थी, सदियों ने सजा पाई ।'
Read Full Discussion Thread for this article