Posted by: newuser June 21, 2005
What happened?
Login in to Rate this Post:     0       ?        
यो धागो पढ्दापढ्दै स्कुले जीवनको अन्तिम समय तिरको याद आयो। १० कक्षाको सेन्टअपमा नेपाली विषयको परिक्षा दिंदै थिएँ। प्रश्नपत्रको वाक्यमा प्रयोग गर भन्ने भागमा एउटा शब्द थियो '' धोति न टोपी'' । मैले लेखें: धोति न टोपी - विनसित्तीमा मध्यावधि निर्वाचन डाकेर गिरिजा प्रसाद कोइरालालाई धोति न टोपी हुनुप-यो। कुरो के थियो भने मध्यावधि अघिसम्म गिरिजा स्पष्ट वहुमत सहितको कांग्रेस संसदिय दलका नेता र प्रधानमन्त्री थिए। मध्यावधिमा कांग्रेस, एमाले पछिको दोश्रो ठूलो दल मात्र बनेन गिरिजाका ठाउँमा मनमोहन अधिकारी प्रधानमन्त्री बने। अनि मैले पनि यहि प्रसंगलाई आधार बनाएर धोति न टोपीलाई वाक्यमा प्रयोग गरें। जाँचकी गिरिजा भक्त परेछन क्यार, पछि नम्बर आउँदा त जम्मा ५५ छ बा। कहिल्यै ७० भन्दा कम नआउने नेपालीमा जम्मा ५५ ? त्यसपछि कहिल्यै पनि जाँचमा राजनीतिको प्रसंग नजोड्ने अठोट गरें मैले र परिक्षाफलमा पनि सँधै राम्रो अङ्क आइरह्यो। अहिले म सोंच्दैछु यतिखेरको परिस्थितीमा मैले उक्त शब्दलाई यसरी वाक्यमा प्रयोग गर्थे होला: धोति न टोपी - विनसित्तीमा तानाशाही लाद्न खोज्दा राजा ज्ञानेन्द्रलाई धोति न टोपी हुनुपर्ने खतरा बढ्दै गइरहेको छ। अब मेरो उत्तरपुस्तिका जाँच्ने गुरु राजाभक्त भा'भए मलाई फयल गर्थे होला । अनि कांग्रेस, एमाले , माओवादी भा भे टन्न नम्बर दिन्थे होला। भन्नुको मतलब, कुनै पनि राजनीतिक शब्दलाई वाक्यमा प्रयोग गर्दा अथवा भनौं परिभाषित गर्दा राजनीतिक विषय वस्तुमा लेख्नेहरुले सम्भावित जोखिमहरुलाई मोल्ने गर्छन। र हामी सबैजना यस प्रकारको जोखिमलाई मोलेर नै प्रजातन्त्रको व्याख्या गरिरहेका छौं। प्रजातन्त्रवादीहरु हामीलाई पास गर्लान। मकरतन्त्रवादीहरु हामीलाई फेल गर्लान। तर मकरतन्त्रवादीले फेल गरे पनि हाम्रो वाक्य शब्द रचना र वर्णविन्यासका दृष्टिले शुद्ध नै छ। हैन त साथीहरु ? धोति न टोपी - विनसित्तीमा तानाशाही लाद्न खोज्दा राजा ज्ञानेन्द्रलाई धोति न टोपी हुनुपर्ने खतरा बढ्दै गइरहेको छ।
Read Full Discussion Thread for this article