Posted by: Futurenepal June 20, 2005
HAMRO NEPAL MA
Login in to Rate this Post:     0       ?        
What can be and can not be in NEPAL?---The following news makes me think once more. http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=43378 हेरोइन कारोबारका लागि सात श्रीमती जितेन्द्र साह काठमाडौं, - सात जना श्रीमती र आठ ठाउँमा सुविधा सम्पन्न डेरा । आठौं बिहेको तयारीका बेला धादिङ, सत्यदेवी- २ का ३४ वषर्ीय बुद्धे तामाङ पक्राउ परेका छन् । उनलाई महानगरपालिका- १७, खुसिबुबाट शनिबार खैरो हेेरोइन कारोबारमा पक्राउ गरिएको हो । तामाङ चार वर्षअघि लागूऔषध कारोबारमै पक्राउ परी फरार थिए । आशीष लामा र मरु तामाङ उपनामबाट चिनिने तामाङ अन्तर्राष्ट्रिय अपराध गिरोहसँग आबद्ध भएको प्रमुख प्रहरी उपरीक्षक हेमन्त मल्लले बताए । 'उसले हेेरोइन कारोबारका लागि सात श्रीमती बिहे गरेको र आठ स्थानमा डेरा लिएको भेटिएको छ ।' मल्लले भने- 'तामाङका अरू श्रीमती, डेरा र केेटी साथीबारे अनुसन्धान भइरहेको छ ।' तामाङले पाकिस्तानबाट सेतो हेेरोइन चीन पठाउने र वीरगन्जस्थित सीमावर्ती सहर रक्सौलबाट सस्तो दरको खैरो हेरोइन ल्याएर राजधानीमा बेच्ने गरेको प्रहरीले जनाएको छ । तामाङले हेरोइन वितरणका लागि राखेका २५ जनामा प्रायः महिला भएको स्पष्ट पार्दै मल्लले भने- 'उनले अधिकांश घटनामा हेरोइन ओेसारपसार गर्न भरियाका रूपमा महिलाको प्रयोग गर्दै आएका थिए ।' 'उनी पक्राउ भएपछि मात्र श्रीमतीहरूले बहुविवाहबारे थाहा पाएका हुन्,' उपरीक्षक मल्लले भने । उनले व्यवसायको निहुँमा बाहिर जानुपनर्ेेर्ेर्ेर् बहाना बनाउँदै पालैपालो श्रीमतीहरूलाई समय दिएर झुक्याउँदै आएका थिए । स्वास्नी बनाएर काममा लगाउन सजिलो हुने भएकाले बहुविवाह गरेको तामाङले स्वीकारेका छन् । उनले १८ देखि ३५ वर्ष उमेरका श्रीमती विवाह गरेका छन् । उनकी दुई श्रीमती अहिले दोजिया छन् । ती श्रीमतीबाट जन्मिएका सन्तानको संख्यासमेत तामाङलाई थाहा छैन । 'होलान् १२/१३ जना,' उनी भन्छन् । अर्की युवतीसँग प्रेम चलिरहेका बेला पक्राउ परेका तामाङले भने- 'बिहे गरेर हनिमुन मनाउन दिए हुन्थ्यो, प्रहरीले बीचमै भिलेन खेल्यो ।' लागूऔषध ऐनअनुसार २५ ग्रामभन्दा बढी हेरोइनसहित पक्राउ हुनेलाई १० देखि १५ वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । तामाङका दुई ट्याक्सी, एक माइक्रोबस र घडेरीसमेत छन् । हेरोइनको कारोबारका लागि मात्र छुट्याएको दुई डेरामा उनी एक्लै बस्ने गरेको प्रहरीले जनाएको छ । उनका ठमेल, स्वयम्भू, डल्लु, बालाजु, खुसिबु, सामाखुसी, गोंगबु र मरुका आठ डेरामा नयाँ ब्रान्डका महँगा सुटकेस फेला परेको प्रहरीले जनाएको छ ।
Read Full Discussion Thread for this article