Posted by: Sursab June 16, 2005
Login in to Rate this Post:
0
?
http://www.kantipuronline.com/Nepal/sanskriti.php
बहुपतिको साटो एक पति
उपल्लो हुम्लास्थित बरगाउँका बहादुर लामाका छ दाजुभाइले एउटै बेहुली काङ्गजुँवालाई भित्र्याउँदा घरमा तीन सयभन्दा बढी भेडा थिए । विवाहको भोलिपल्ट माइलो भाइ गोठालो गए भने साहिँलो नुन लिन तिब्बत र काइँलोचाहिँ नुन बेच्न धनगढीतिर । सुहागरात मनाउने अधिकार पाएका जेठोबाहेक अरू घरमा बसेनन् । भेडाको गोठालो र नुन खरिदबिक्रीको 'क्याराभान' ले बहुपति प्रथालाई व्यवस्थित गरेको थियो । घरमा पालो गरेर एक जना बस्थे । त्यसैले न मनमुटाव हुन्थ्यो, न त छुट्टाछुट्टै पत्नीको आवश्यकता नै ।
भाइहरू घर बसेपछि अर्को बिहे गरेर तीन-तीन भाइ बाँडिए । तर, कान्छी पत्नीलाई पूर्वसांसद छक्कबहादुर लामाले भगाएपछि तीन भाइ पत्नीविहीन भएका छन् । माइला च्याब्रल लामा, ५२, भन्छन्, "घरमा आइमाई छैन । नेता -छक्कबहादुर) ले लग्दियोे ।" छक्कबहादुर घरका जेठा हुन् । उनका चार भाइले छिरिङसँग विवाह गरे पनि अहिले सबैले छुट्टाछुट्टै विवाह गरेका छन् । कान्छो भाइ तोपदन अर्को बिहे गरेर काठमाडाँै बस्छन् । साझापत्नी छिरिङ माइलो भाइ नाम्ग्यालसँग छिन् ।
पढेलेखेको पुस्ताले यसलाई रुचाएको छैन । पढ्न बाहिरिएकाहरू अर्को बिहे गरी बस्न थालेका छन् । "सामुदायिक वनले गर्दा भेडा पनि पाल्न छाडियो," साझापत्नी छाडेर अर्को बिहे गरेका ओभरसियर अङ्गबहादुर लामा भन्छन्, "यो समयले ल्याएको परिवर्तन हो । साझापत्नी छाडेर अर्को बिहे गर्नेहरू प्रायः मूलघरमा र्फकंदैनन् । उनीहरूले अंशसमेत माग्ने गरेको पाइँदैन ।"
बिहे गर्दा जेठोसँगै अरू भाइ पनि बेहुलीलाई टाँसी -सिँदूरझँै घिउ) लगाउने र जुठो ख्वाएर पत्नी मान्छन् । तर, स्वास्नी भन्ने अधिकार भने जेठोलाई मात्र हुन्छ । अरूले भाउजू नै भन्छन् । छोराछोरी कसको भन्ने साझापत्नीले छुट्याइदिन्छिन् । "सबैको स्वास्नी हो तर अधिकार दाइको बढी हुन्छ," दाजु र भाइ बाहिर गएकाले घरमा बसेका माइला भाइ कालु लामा भन्छन्, "गाह्रो त छ तर पुर्खादेखिको चलन हो ।"
तर, नयाँ पुस्ता यो परम्परा तोड्ने पक्षमा छ । खास गरेर माध्यमिक तहमा पढ्ने युवतीहरू बहुपति नमान्ने बताउँछन् । "आइमाईलाई समस्या हुन्छ," आफ्नै दुई दाइले एउटी भाउजू बिहे गरेको उल्लेख गर्दै रलिङ माविमा कक्षा १० मा अध्ययनरत सारजाङ्ग लामाले भनिन्, "एउटालाई मात्र लोग्ने मान्छु ।"