Posted by: deeps June 16, 2005
Ma Aauchu
Login in to Rate this Post:     0       ?        
तिमी शान्तिको राग अलापेर मान्छे मार अनि, तिमी क्रान्तिको बहानामा मान्छे मार कुरा एकै हो, तिम्रो शान्ति र क्रान्तिको एकै उद्देश्य छ, एउटालाई मशानघाटको शान्ति चाहिएको छ अर्कोलाई मान्छे मारेर क्रान्ति चाहिएको छ। शान्ति त हामीलाई पनि चाहिएको छ क्रान्ति त हामीले पनि गर्नु छ तर, हामीलाई जनताको क्रान्ति चाहिएको छ जनताको लागि शान्ति चाहिएको छ। जनताको रगत चुसेर शहर बस्नेहरू जनताको रगत चुस्न जंगल पस्नेहरू शान्ति त हामीलाई पनि चाहिएको छ क्रान्ति त हामीलाई पनि चाहिएको छ तर, जनताको रगतमा होली खेलेर, जनताको नाममा जनता मारेर हामीलाई न त शान्ति चाहिएको छ न त क्रान्ति चाहिएको छ।
Read Full Discussion Thread for this article