Posted by: dodhare June 15, 2005
Login in to Rate this Post:
0
?
पदमा हुंदा र नहुंदा संसदको अधिवेशनमा नियमित रुपमा भाग लिने मैले सुनेको एक मात्र सदस्यको नाम हो रामचन्द्र पौडेल। उनले आफ्नो जिम्मेवारिलाई राम्रोसंग निभाएका हुन् र उनी प्रशंसनीय छन्। रामचन्द्र जस्ता अरु केही सदस्यहरु भएको भए सायद संसदको अन्त्य हुदैनथ्यो होला।
राजाको खेलबाट रामचन्द्र पौडेल जस्ता नेताहरुले शिक्षा लिनु भावी नेपालको लागि खुशिको कुरा हो। तर उहांहरुले भारतको खेल पनि बुझेर शिक्षा लिनुभए सुनमा सुगन्ध हुने थियो। नेपाल-भारत सम्वन्ध दुईतर्फीय चासोको विषय हो र हामी एकलाई अर्काको खांचो छ। तर नेताहरु खसीको मूल्य भन्दा सस्तोमा बिकेर भारतलाई सजिलो र नेपाललाई गाह्रो भएको हो। राष्ट्रिय सम्झौता गर्दा ब्यक्तिगत लाभको ख्याल मात्र गरेर नेपाल र नेपालीलाई बाजी राख्नु भएन। आफूले निष्टासाथ गरेको काम फलदायी भएन भने भावी पीडिलाई भरोसा गर्नु पर्यो।
केही समय यता घटेका घटनाक्रमहरुलाई नियाल्दा के प्रष्ट देखिन्छ भने राजा, पार्टी र माओवादी सबै भारतलाई रिझाएर आफू सत्तामा टिक्न चाहन्छन्। उता भारत जोसुकै आएपनि आफ्नो हातमा सांचो राख्न खोज्ने। राजालाई हतियार दिएर सहयोग, पार्टीलाई आन्दोलनमा सहयोग र माओवादीलाई आतङककारी भन्दै भित्री सहयोगको पछाडी भारतको केही स्वार्थ छैन भनेर कसरी मानौ? सस्तोमा किन्न खोज्नु भारतको दोष हैन, दोष केवल बिक्नेको हो।
यस्तो खालको भारतको खेल कुनै नौलो हैन। सायद भारतले यसरी आफ्नो स्वार्थको लागि आफूलाई घुमाएको बुझेर नै वी. पी. कोईराला राष्ट्रिय मेलमिलापको नारा दिएर नेपाल फर्किनु भएको थियो होला। यो कुरा अहिलेका नेताले नि बुझ्नु पर्यो। नत्र फेरी भारतबाट पनि राजाबाट जस्तै कडा पाठ नै सिक्नु नपर्ला भनेर भन्न सकिन्न।