Posted by: salokya June 15, 2005
Gmail Drive- Amazing Thing U can do with Gmail
Login in to Rate this Post:     0       ?        
तपाइँहरु मध्ये धेरैसित जी मेल होला र यदाकदा तपाइँले पनि सोच्नुभएको होला यत्रो २ गिगाबाइट स्थान के राखेर भर्ने होला ? त्यसो हो भने म तपाइँलाई एउटा एकदमै उपयोगी टिप्स दिँदैछु । कहिलेकाहीँ तपाइँलाई अफिसका फाइल घरमा र घरका फाइल अफिसमा चाहिने हुन्छ । फ्लपी डिस्केटको त भरै हुन्न । नयाँ फ्लपीले पनि जतिखेर आवश्यक पर्छ त्यतिबेला धोका दिनसक्छ । फेरि त्यसमा ठूलो खाले फाइल पनि कहाँ अट्छ र ? यस्तो अवस्थामा ल्यापटप बोक्न पाए हुन्थ्यो भन्ने कल्पना गर्नुभएको होला । ल्यापटपको व्यवस्था गर्न सक्नुहुन्छ भने त समस्याको समाधान भइहाल्यो, सक्नुहुन्न भने चाहिँ जी मेलको सहयोगले समाधान निकाल्ने एउटा गजबको आइडिया छ । यो सानो आकारको एउटा फाइल इन्स्टल गर्नुभयो भने तपाइँको कम्प्युटरको My Computer आइकनभित्र सी, डी, ई जस्ता हार्ड ड्राइभ जस्तै गरी जी मेल ड्राइभ पनि देखिनेछ । अब के चाहियो र, अरु ड्राइभमा जस्तै गरी तपाइँलाई चाहिने फाइलहरु तानेर यसभित्र हालिदिनुस् । घर र अफिस दुवै ठाउँको कम्प्युटरमा यसको प्रयोग गर्ने हो भने फाइल यताउता गर्न फ्लपी वा सीडी बोक्ने झन्झट नै हुँदैन । म आफैले यसको प्रयोग गरेर हेरिसकेको छु । फाइलहरु तुलनात्मक रुपमा छिट्टै नै त्रान्सफर हुन्छन् । मानौं तपाइँ कुनै साइबरमा हुनुहुन्छ । त्यतिबेला पनि तपाइँ आफ्ना फाइल सजिलै पाउन सक्नुहुन्छ । यसका लागि तपाइँले आफ्नो जी मेल एकाउन्टमा साइन इन गर्नुपर्ने हुन्छ । त्यसपछि अल मेल फोल्डरमा गएर हेर्नुस्, तपाइँका फाइल इमेल एट्याचमेन्टका रुपमा त्यहाँ बसिरहेको हुन्छ । अब बढी गन्थन छाडेर यो उपयोगी प्रोग्राम डाउनलोड गर्ने ठाउँको लिंक भएको पेजको जानकारी दिँदैछु। - http://merosansar.blogsome.com/2005/04/12/2043-2/#more-11 अनि कसैको जी मेल खाता छैन र खोल्ने इच्छा छ भने पनि मलाई लेखे हुन्छ, म आमन्त्रण पठाइदिनेछु ।
Read Full Discussion Thread for this article