Posted by: nut June 15, 2005
Conspiracy! Conspiracy! Indian conspiracy! Royal conspiracy!
Login in to Rate this Post:     0       ?        
राजाको आवश्यकता र बाध्यताभन्दा हाम्रो चाहनाको मेलमिलाप हाम्रो पराजित मानसिकता, सत्ताकांक्षा र त्याग गर्ने धीरताको अभावको द्योतक होइन ? राजा जहिले पनि 'मेलमिलाप' लत्याउँदै आफ्नो ढिपी थोपर्दै जाने, हामी भने एकतर्फी मेलमिलाप र सहमतिको मन्त्र जपिरहने ? वीपीले एकदिन त्यस्तै एक प्रसंगमा भन्नुभएको थियो- 'तर्कमा मसँग गणेशमानजी सधैं हार्नुहुन्छ, भनाइ भने उहाँको पुग्ने गर्छ ।' नभन्दै हाम्रो पार्टीभित्र सबैभन्दा बढी दरबार बुझ्ने भनिएका सुवर्णजी पनि फेल खानुभयो । महान् विचारक वीपीको पनि त्यो हविगत भयो । आखिर सफल त गणेशमानजी नै हुनुभयो । गणेशमानजी त्यसताका महाभारतको उद्धरण दिँदै भन्ने गर्नुहुन्थ्यो- 'सूयग्रेनैव दास्तामि विना युद्धने केशवः' -लडाइँ नगरिकन त सियोको टुप्पोजति पनि दिने छैन) । सहमतिमा टुंगिएको ०४६ सालको परिवर्तनप्रति पनि गणेशमानजी पूरै ढुक्क हुनुहुन्थेन । उहाँले भन्नुभएको थियो- 'हामीले राजनीतिक क्रान्तिको एउटा चरण पार गर्?यौं, अब यसलाई पक्का गराउन आर्थिक र सामाजिक क्रान्ति गर्नुपर्छ ।' तर हामी गणेशमानजीको संकेत नबुझेर भौंतारियौं । विशेषगरी दरबारको चमकधमकमा रुमल्लिएर त्यतै कहीं लुट्पुटिएको, आफैं ग्रान्डडिजाइनमा फँस्दै गएको र ०४६ सालको सहमति उल्ट्याउन चाहनेलाई जानी-नजानी बल मद्दत पुग्नेगरी आपसको छिनाझपटीमा अल्झेको अनुभव हामीसँग छ । हामी सम्झौता गर्दै गयौं, विश्वासमा पर्दै गयौं, तर दरबारले मेलमिलापलाई फेरि लत्यायो र मौका छोपेर असोज १८ ल्यायो, माघ १९ आयो । सम्झौतापरस्त नीति असफल भइछाड्यो । यसो भन्दा मलाई 'र्?याडिकल हुन खोजेको' आरोप लाग्ला । र्?याडिकल बन्ने सोख मलाई छैन । कुनै पनि संघर्ष एउटा विन्दुमा गएर सहमतिमा टुंगिनैपर्छ । संघर्षको तातो तावामा आफ्ना रोटी सेकाउने स्वार्थहरू दुनियाँमा नहोलान् भन्न सकिन्न । तर जिम्मेवार कस-कसले मात्र हुनुपर्ने हो ? एक्काइसौं शताब्दीमा जनताको अस्मिता र सार्वभौमसत्ताको सम्मान हुनुपर्ने हो कि होइन ? वीपीले राजालाई 'किङपिन' र 'मिनिङफुल पर्सन' को संज्ञा दिए पनि उहाँले आफ्नो 'मेलमिलाप दर्शन' को मूलआत्मा न संघर्ष न समर्पणलाई बनाउनुभएको थियो । त्यही कारण मेलमिलापले फलदायी परिणाम निकाल्न सकेन । दरबार वीपीसँग पूर्ण समर्पण चाहन्थ्यो । आज पनि दरबार त्यही चाहिरहेको छ । दरबारले कि समर्पणको भाषा बुझेको छ कि संघर्षको । समानता शब्द त्यहाँ अपमानबोधक ठानिन्छ । जनतालाई तपाईं भन्नु हुँदैन । वीपीले नबुझ्नुभएको त्यही हो । उहाँ आफू अपमानित भएर पनि राजाद्वारा जनतालाई तपाईं भनाउन चाहनुहुन्थ्यो । अनि कसरी हुने उहाँसँग राजाको 'मेलमिलाप' ? राजाको सत्तालाई गम्भीर चुनौती उपस्थित नहुँदासम्म जनताको पक्षसँग अलिकति पनि सहमतिमा आउन नचाहने, कुनै लचकता, उदारता र विवेकशीलता प्रदर्शन गर्न नसक्ने र जनताको कुरा मान्दा आफ्नो कद घट्ने सोचले ग्रस्त राजकीय अहंकारको अभिव्यक्ति अहिले पनि यत्रतत्र प्रकट भइरहेको छ । यस्तो चरित्र संसारभरकै राजाहरूको हो कि नेपालमा मात्र यस्तो हो म भन्न सक्तिन ।
Read Full Discussion Thread for this article