Posted by: Ok June 14, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
मञ्जु, मलाई माफ गर है ! आत्मकथा - ओके खण्ड १४ बेलुका म घर पुग्दा आमा घर देखि २ कान्ला मुन्तिरको गोठमा काम गर्दै हुनुहुदोरहेछ। बैनि पानी लिन गाकि रहिछ। भाई चाहिँ हजुरआमाले बसालेको तरकारीलाई चाहिने दाउरा लिन भनेर बाहिर निस्केको रेहछ। आफुले बोकेको झोला भाईलाई दिएर सरासर म पनि गोठ तिर लागेँ। रात त पुरै परिसकेको थियो। "खबर नगरी हिँजो काहाँ गईस् नि तँ? यहाँ हामीलाई तँ काहा हराईस् भनेर कस्तो पीर प-यो?" अँगालोमा बोकेको खर भैंसिलाई हाल्दै आमाले सोध्नु भो। आमाछोरा दुबै मिलेर गोठको काम गर्दै कुरा गरीऊँ। मैले पनि सबै कुरा जस्ताको तस्तै बताएँ र भनेँ "घनश्यामसरले त मलाई भोलि देखि नै बस्ने गरी आउनु भन्नु भा छ।" आमाको अनुहारमा कति खुशिका रेखाहरु नाचे, त्यो त अँध्यारोमा देख्न पाईन तर पनि उहाँको बोलिले नै खुशि हुनु भाको छनक चाहिँ मज्जाले पाएँ। "ल त्यसो भए, राम्ररी पढ् । उनिहरुलाई चित्त दुख्ने र नराम्रो लाग्ने कुराहरु कहिले नै नगर्नू । बिहान बेलुका पनि लाडे पल्टेर खाएर मात्र बस्ने हैन, आफूले सकेको काम गर्नु र सघाउनु। शुक्रबार चाहिँ घर आउनु। अरु त म के भनौ, मैले सकेसम्म यो घर ब्यबहार चलाउँछु। बज्जै (हजुरआमा) पनि थला पर्न लागि सक्नु भा छ। भाईबहिनी पनि पढ्न जान्छु भन्छन्, अलिअलि अक्षर चिन्ने बनाउनु पर्ने" आमाले त्यसदिन बेलुका घनश्यामसरको घरमा बस्ता के गर्न हुने र के गर्न नहुने सबै कुरा सिकाउनु भो। ठूलाका घरमा बस्ता अपनाउनु पर्ने साबधानी र ऊनिहरुसँग बोल्दा होस् पु-याउनु पर्ने कुराहरु बारे पनि सबिस्तार बताउनु भो। आफ्नो घरमा भको सामानहरु: २ पाथी आलु, ३ माना घ्यु, मुठिचारेक गुन्द्रुक, २ पसर जति बनटिम्मुर, दुईमाने बट्टाको १ बट्टा दशैँताका हालेको काँक्राको पुरानो अचार पनि ठिक्क पारिदिनु भो। भोलिपल्ट देखि नै म मञ्जुको घरमा बस्न थालेँ। मलाई त्यहि पहिलो दिन सुत्न दिएको कोठामा नै सुत्न दिईयो। पाउना आएका बेलामा चाहीँ म हर्के सँगै भुईँ तलाको बाहिरको खाटमा सुत्थेँ। हर्के र मेरा गफ चाहिँ धेरै मिल्थे, कहिले काँहि त रातभरि गफ गरेर बिताई दिन्थेउँ। कक्षा ७ का किताब नभए पनि मतान् मा बस्ने एउटा केटो पनि मेरै क्लासको रहेछ। उसबाट मागेर काम चलाउँथे, उसलाई जानेको कुरा पनि सिकाईदिन्थेँ। अब त मलाई कपि कलमको पनि दु:ख भएन। मञ्जुले आफूलाई चाहिने सामान किन्दा मलाई पनि भनेर किन्थिन्। घनश्यामसरलाई सबैकुरा भन्थिन कि भन्दिन थिईन् त्यो त मलाई थाहा भएन, तर मैले उनले किनेका सामानहरु बिना हिच्किचाहट प्रयोग गर्थेँ। उनले नै दिन्थिन् चलाउन। मञ्जुको घरमा बस्ताका शुरुका सबै दिनहरुमा तेहि गन्जि र कट्टु नै मात्र लगाएँ। ल्याउन त घरबाट पुरानो दौरा पनि ल्याएको थिएँ, तर त्यो लगाउन मन लागेन, मञ्जुका अगाडि। त्यो हप्ता मञ्जुको घरमा बसुन्जेल मैले त्यो दौरा झोलाबाट झिकिन। अरु कुराले भन्दा पनि लगाउने कपडाले चाहिँ मलाई निकै अप्ठ्यारो लाग्यो। क्रमश:
Read Full Discussion Thread for this article