Posted by: dodhare June 13, 2005
What a CROOK- Tulsi Giri
Login in to Rate this Post:     0       ?        
धितो राखेर बैंकबाट ऋण लिनु भनेको गैरकानूनी कुरा हैन। यदि ऋण बुझाउन नसकेको खण्डमा धितो लिलाम हुन्छ। त्यसैले धितोको मुल्य भन्दा कम रकमको ऋण बैंकले दिन्छ सांवा नडुबोस भनेर। तर समयमा सावां तिरेन भने चक्रवर्ती ब्याजले गर्दा बैंकलाई बुझाउनु पर्ने रकम धितोको मुल्य भन्दा बढी हुनसक्छ। यस्तो अवस्थामा ऋणीलाई धितो लिलाम गराउदै फाईदा हुन जान्छ। ऋणीले ऋर र ब्याज तिरेपनि या धितो माया मारे पनि बैंकलाई फाईदै हुन्छ। तर बैंक कर्मचारिहरुले ब्यक्तिगत लाभका लागि धितोको मुल्य बढाएर ऋण दिने गरेको हुनाले धितोको लिलाम गर्दा पनि बैंकको सांवा नउठेर प्रायः सबै नेपालका बैंकहरु घाटामा छन्। डा. तुलसी गिरीको काण्डमा के भएको सबै खुलस्त त भएको छैन तर मेरो बिचारमा यसलाई भ्रष्टाचारसंग तुलना गर्न चाहिं मिल्दैन। यो बैंक ठगी हुन सक्छ। बैंक ठगी काण्ड हो भने बैंकले पनि जिम्मेवारी लिनु पर्ने हो कि?
Read Full Discussion Thread for this article