Posted by: Poonte June 13, 2005
Dabar Sajha awards 2004
Login in to Rate this Post:     0       ?        
कपाल त प्याट् उम्र्या होईन नि, DCGIRL नानी! एउटाले त अदुवा दल्नु भन्यो। ठ्याक्कै एक साता पिछाडी, खप्पराँ बुरुरुरुरु कपाल उम्र्या झैं लाग्यो। दंग पर्दै दौडेर ऐना हेर्न गाऽको त?ए मेरिबास्सै! के को कपाल हुन्थ्यो? लटरम्मै अदुवाको जरा उम्?रेछ! मरि जाम्, ल! अर्को ले फेरि, कागती दल्नु रे! त्यै रात सपनामा खप्पर भरि गोलो गोलो कागतीका टुटुल्का उठ्या देख्या! भोलीपल्ट देखुन्, कागती निचोर्न त परै जाओस्, अमिलो सम्झँदै सातो जाने! धोबिनीको च्यात्त्याऽऽऽ पेटिकोट कै कस्सम! कसैले फेरि, गोबर दल्नु भन्छन्। अब, यो अम्?रिकामा गाईको गोबर काँ बाट पाई? आफ्नै गोबर दलम् भने, हिजो दिउँसो हुसुर्?या भात र बेलुकी घिच्या म: म: गन्हाएर बबाल होला भन्ने पिर! फेरि, आफ्नै गोबर दल्नी हो भने त, मल मात्र भएर पुग्ला त? दिनको दुई पटक सु सु ले जल पनि दिनु पर्दैन? मुन्तिरबाट पाईप लाएर मास्तिर सम्म पुर्?याउन अर्को टेन्सन, फेरि! भो! चिल्लै खप्पर जाती! हजामले नि discount दिन्छ। Shampoo, gel, तेल को नि खर्च बच्ने। बुढीलाई नि फेरि, ?Bald and Beautiful? र ?Bald is sexy? भनेर रट्न लाई राऽछु हेरेक बिहान मेरो पुजा सकेसि। अब, त्यो बुढो हड्डीको त कुरै अर्को। खुस्किन नि गाह्रो, खुसकेसि जोडिन झन् गाह्रो! चाईनिज मैंयाले मालिस गर्दिंदा गर्दिंदा गर्दिंदा, बल्ल ठीक भो। ठीक त भो, तर ठीक नभाऽको बहाना गरि राऽ छु?मैंयाको हाते मालिस पाउन खूब आनन्द आउँछ क्या! Ssssssssssssshhhhhhhh! कसैलाई नभनेस नि, फेरि! ;) लु, नानी, अर्को पाली चईं कुप्रेको धाड, खुस्केको दाँत, र लत्रेको लिंगको कथा बोकेर आम्ला। अहिले लाई जान परो?सुईईईईईईईईईईईई?मालिस ट्याम्! या हुऽऽऽऽऽऽऽऽऽऽऽऽऽ!!!!
Read Full Discussion Thread for this article