Posted by: Sursab June 13, 2005
Why Should I resign ? Says Dr. Giri
Login in to Rate this Post:     0       ?        
श्रीमतीसहित नातेदार सूचीमा - डा. गिरीमात्र होइन, पत्नीसहित नातेदार ऋण नतिरेकाले कर्जा सूचना केन्द्रको कालोसूचीमा छन् । गिरीकी कान्छी पत्नी सहारा, भतिजा सुबोध र नातेदार सुसमन्ताले जनरल इलेक्ट्रोनिक्स प्रालिको नाममा नेपाल बैंकबाट लिएको ४१ लाख् २६ हजार रुपैयाँ नतिरेकाले कालोसूचीमा परेका हुन् । यो २०५७ माघ १७ मा केन्द्रले कालोसूची नम्बर १३८२ मा राखेको हो । उनीहरूले २०३७ जेठमा बिनाधितो ऋण लिएका थिए । समयमा भुक्तानी नगरेकामा बैंकले अल्टिमेटम दिँदै २०४१ वैशाखमा १५ दिनभित्र कर्जा चुक्ता गर्न पत्र पठाएको थियो । पत्र डा. गिरीको ठेगानामार्फत पठाइएको थियो । पत्रमा ऋणीको नाम र ठेगानामा माननीय पूर्वप्रधानमन्त्री डा. तुलसी गिरी, किरण भवन, सानेपा, ललितपुर उल्लेख छ । त्यो कर्जा भुक्तानीको म्याद नाघेकाले अन्तिम ताकेता पत्र भएको उल्लेख छ । बैंकले उक्त कर्जाबारे छानबिन भइरहेको जनाएको छ । (From: http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=42713) Giri jue.......aaba ta buda yek dadu pani ma dubera mar....... talai mora, aasati, haija le lana nasakeko......chaure buda.
Read Full Discussion Thread for this article