Posted by: Sursab June 13, 2005
दाइजोमा कम्प्युटर
Login in to Rate this Post:     0       ?        
छोरीको बिहे छिन्दा बरपक्षले दाइजोमा कम्प्युटर मागे अब आश्चर्य नहुने भयो । रंगीन टिभीको ठाउँमा कम्प्युटर नै दिए त्यसको उपयोगिता अहिलेको जमानामा पढे-लेखेका छोरी-ज्वाइँलाई बहुउपयोगी मात्र होइन । नातिलाई समेत त्यसले लाभ दिने अवस्था छ । तराईमा बिहेको लगन जुर्नेबित्तिकै दाइजोमा घडी, साइकल, टेलिभिजन, भिसीडी प्लेयर, भाँडा-वर्तनका साथै फर्निचरको दामको हिसाब किताब हुन थाल्छ । नयाँ वस्तु माग हुँदै जाँदा कतिपय सामान आत्यावश्यक बनेका हुन् । साइकल दिनेसँग मोटरसाइक दिने हैसियतवालाका अघि हल्का कारको माग हुन थाल्यो । नगदको विषय र बेहुलाले मागे डिङ्गो बुट र लेदरको ज्याकेट अलग । तराईमा परम्परावादी रूढीगत चलनले जरो गाडेको जनकपुर वरपर केही वर्षयता दाइजोमा सबैभन्दा पहिले कम्प्युटर दिनसक्ने कि नसक्ने ? बरपक्षले सोध्न थालेका छन् । त्यसो भन्दैमा बरपक्षमात्र होइन बधूपक्षले पनि दहेजमा कम्प्युटर दिनु विलासको वस्तु नभएर शिक्षित र आधुनिकताको पहिचान मान्न थालेका छन् । भर्खरै बिहेको टुङ्गो लागेकी बधू पक्षका एक अभिभावकले भने- 'हामीसँग कम्प्युटर दिने कि नदिने भन्नेबित्तिकै मैले भन्दिएँ पेन्टिएम फोर त अहिलै लैजानुस् ।' उनको छोरी स्नातक, घरैमा कम्प्युटर भएकाले नर्सरी कक्षादेखि कम्प्युटरमा खेल्ने । उनलाई दाइजोमा कम्प्युटर दिन कुनै नौलो माग लागेन । बिहेको प्रयोजनमा कम्प्युटरको बिक्री हिजोआज बढेको बिक्रेता बताउँछन् । दाइजो दिनैपर्ने बाध्यता छ भने कम्प्युटर- जस्तो उपयोगी वस्तु दिनु बेेस, बिणा कम्प्युटरका गौतम अग्रवाल भन्छन् 'लगनको साइतमा हिजोआज कम्प्युटर बिक्री बढ्न थालेको छ ।' कम्प्युटरको ठाउँमा पैसा माग्ने ज्वाइँहरू पनि न देखिएका होइनन् साथै दाइजोमा लिएको कम्प्युटर चलाउन नजान्दा वा उपयोग गर्न नसक्दा आधा मूल्यमा भए पनि बिक्री गर्ने भएको उनले बताए । Extracted from: http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=42755) Friends, I could not understand one thing here. Is it so that if you find difficulty to purchase of your own , then you ask it as dowery? I know one of my C.A friend got half a million rupees on cash and other household materials. The worst part is he hesitates to be accompanied by his wife in party/social events. One guy from Biraspati school was my friend and his father used to maintain account of his expenses towards son and the funny part was he used to write Rs. 1000 as monthly fee, in reality it was around 600. Would love to read your view points on the same. Cheers Sursab
Read Full Discussion Thread for this article