Posted by: Ok June 12, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
खण्ड १२ को अन्तिमबाट... (...। सुत्दा सुत्दै हात छातिमाथि राखेर प्रण गरेँ "ओम! तैँले पाएको यो अवसरलाई राम्रोसँग सदुपयोग गरी आमाको आँखाबाट सदा सदाका लागि ति आँसुहरु बिदा गर्नु पर्छ। दिलोज्यानले भ्याए सम्म भाईबैनीहरुलाई कुनै पनि अबसर प्रदान गर्न चुक्नुहुन्न, बिषेश गरेर पढ्ने अबसर। घरश्याम सरको परिबारले लगाएको गुन सम्मानजनक रुपमा फिर्ता गर्नु पर्छ, तैंले"।) मञ्जु, मलाई माफ गर है ! आत्मकथा - ओके खण्ड १३ कस्तो कस्तो ठाँउ रहेछ, अप्ठ्यारो, अनकन्टार! बिल्कुल एक्लै छु, यताउति हेर्छु कोहि मानिसहरु तैपनि देखिन्छन् कि भनेर, तर पनि खै चालचुल पनि छैन। कता कता देखेको, चिनेको ठाँउ जस्तो पनि लाग्छ, फेरी ठम्याउनै गाह्रो छ। म कसरी अकस्मात् त्यस्तो ठाँउमा पुगेँछु! साँझ झपक्कै परिसक्यो। टाढा टाढाको आकासमा ताराहरु तिर्मिराउन थालिसके, तर म भन्दा सिधै माथीको आकासमा चाहिँ कालो बादल मडारिरहेछ। पानी पनि पर्ला पर्ला जस्तो छ। त्यो बाक्लो जँगलमा त सत्राङसुत्रुङको आबाज आयो। यसो पछाडिबाट हेरेको त एउटा अपरिचित जनावरले पो लखेटि रहेको रहेछ। मुटु ढुक्क फुल्यो। म कुद्दै भाग्न खोजेँ, तर खै किन हो किन कुद्नै सकिन। खुट्टा नै उचालिएनन्। त्यो जनावर त झन् झन् मलाई लखेट्दै पो आयो। म चाहिँ कुद्ने कोशिष गरिरहेँ। सकिनसकि दौड्दा दौड्दै त म कस्तो भिरको डिलमा पो पुगेँछु, अगाडि जाँउ भने छ्बाङ्ग भिर छ, पछाडिबाट अपरिचित जनावरले लखेटिरहेछ। म त उड्न पो कोसिस गरेँ। कहिले काहिँ सपनामा त उडेको पनि थिएँ। अनि आँखा चिम्म गरेर जेसुकै होस् भनेर भिरतिर झ्वाम्म हाम् फालेँ। भिरबाट लड्नको सट्टा म त साँच्चै पो उडेँ। केहि माथि पुग्दा त अलिक उज्यालो रहेछ। त्यो जनावर त मलाई हेरेको हे-यै भयो। त्यतिकैमा अईँ अईँ भएँ। बल गरेर अझै उड्न पो के कोशिष गरेको थिएँ, झल्याँस्स भएँ। दुबै हातले त सिरानेलाई दरो गरि पो समाएका रहेछन्। जुरुक्क उठेँ। माघको जाडोमा पनि पसिना पो आउनलागे जस्तो गरि तातेछ। म त आफ्नो घरमा सुतेको त हैन रहेछु। 'ए म त हिँजो रामपुरमै बसेको नि है साँचि, मञ्जुको घरमा" भनेर कुरा स्मरण गरेँ। झ्यालबाट यसो बाहिर हेरको त राति नै रहेछ। बिहान हुन लागे जस्तो पनि लागो। घरमा भको भए, उठेर गोठमा धन्दा गर्न जाने बेला भएछ। पश्चिम पट्टिको परेछ क्यारे झ्याल पनि, पुर्बका ताराहरु देख्नै सकिन। शुक्र झुल्किएकी झुल्किएनन्, थाहै भएन। 'अब के गोठको धन्दापात्रा गर्नु छैन, एकछिन् सुत्नु परो' भनेर फेरी ओछ्यानमै पल्टिएँ। तर पनि भने जसरी निदाउन काँहा सजिलो हुन्छ र? निद्रा हराईसकेको थियो। ओछ्यानमा पल्टिएर आँखा चिम्लिनु त सजिलै भयो, तर खै निद्रा त लाग्दै लाग्दैन। सोचे जसरी निद्रा त लाग्दैनथ्यो पहिले पनि, त्यसमाथि अघिको सपनाले कचमराई दियो। त्यो अप्ठ्यारो ठाँउ कहाँको होला? कता कता बाख्रा चराउन बन जाँदा देखेको ठाँउ पनि जस्तो लागो। तल चाहिँ तेस्तो निस्पट्ट अँध्यारो, अनि अलिक माथि चाहिँ उज्यालो! म अँध्यारोबाट उडेर उज्यालोमा पुगेको! आहा! मनमनै सपनासँगै रमाएँ पनि। हो त, अबसर त आएको छ त। राम्रोसँग अबसरको सदुपयोग गर्न सकेँ भने उज्यालो छुन पनि के बेर? क्रमश:
Read Full Discussion Thread for this article