Posted by: Srikant June 12, 2005
Good Poem
Login in to Rate this Post:     0       ?        

म रातलाई अंकमाल गर्छु ---------------------------- अन्धकारको आवरणमा एकान्त प्रेमका इच्छाहरू विउँझन्छन् एकान्तको परिवेशभित्र वासनाका ज्वारहरू उर्लन्छन् संभोगका कृयाकलापका प्रमाण स्वरुप रात गर्भिणी हुन्छे रातले गर्भधारण गर्छे एउटा अलौकिक दिवाको दिवसको । निद्राहरु तत्पर छन् - सचेत बिउँझन सुषुप्तीहरू तत्पर छन् - जागृत हुन म रातको पहिरन च्यातेर धारिलो तरवारले धारयुक्त हतियारले सृजना गर्छु - नवोन्मेष तुफानी चराको अमर गीतको एउटा अमलेख पंक्षीको । मलाई रात्री कालिन स्थितिसँग कुनै विमोह छैन वैरभाव छैन रात्री त प्रभातको सुसूचक हो, मलाई अमावश्यको उपस्थितिसित कुनै विरोध छैन विग्रह छैन अन्धकार त उज्यालोको पूर्वाभास हो पूर्वाभ्यास हो यसर्थ म रात्रीलाई अंकमाल गर्छु प्रेयसी सरह प्रेम पाशमा बाँध्छु । नरेश शाक्य......
Read Full Discussion Thread for this article