Posted by: Ok June 10, 2005
Rastrabadi Siksha: Definition and Relevance
Login in to Rate this Post:     0       ?        
One article from Kantipur: http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=42584 राष्ट्रवादी शिक्षा र हामी विष्णु सापकोटा - माघ १९ को राजनीतिक विकासक्रमपछिका थुप्रै विसंगत घटनामध्ये 'राष्ट्रवादी' शिक्षाको चर्चा र योजना सबैभन्दा बढी विसंगत प्रतीत हुन्छ । शिक्षामन्त्री राधाकृष्ण मैनाली लगायत अरू शिक्षा अधिकारीका कुरा सुन्दा बुझिने यतिमात्र हो कि आज देशका लागि राष्ट्रवादी शिक्षाको खाँचो छ । खाँचो किन छ भने आजसम्मको शिक्षा अराष्ट्रवादी छ, त्यसैले यस्तो शिक्षा प्रणालीलाई फेरेर नयाँ प्रणाली र तदनुरूपको पाठ्यक्रम विकसित गर्नु जरुरी छ । राजाको नेतृत्वको सरकारका शिक्षामन्त्रीले भनेको र गर्नलागेको काम यदि साँचो हो भने हामी सबै- जो आफूलाई शिक्षित भन्छौं वा ठान्छौंले आफ्ना शैक्षिक प्रमाणपत्र अगाडि राखेर घोत्लिनुपर्ने बेला आएको छ । किनभने यी प्रमाणपत्र हामीले पाएका अराष्ट्रवादी शिक्षाका प्रमाण हुन् । आजसम्म देशमा जति पनि शिक्षित व्यक्ति छन् -नेपालमै शिक्षा आर्जन गरेका) ती सबैप्रति अहिलेको सरकारको विश्वास छैन, किनकि तिनीहरूले पाएको शिक्षाअनुसार तिनीहरू देशको कुभलो चिताउँछन् । गणित र विज्ञानजस्ता पाठ्यक्रममा के राष्ट्रवादी हुन्छ के हँुदैन ? थाहा छैन । पक्कै पनि समाज विज्ञानसँग सम्बन्धित अन्य विषय 'राष्ट्रवादीकरण' गरिने होला अब । तर अहिलेको परिपे्रक्ष्यमा नेपाली 'राष्ट्रवाद' के हो अथवा कुन हो भन्नेमा एक शब्द नबोली 'राष्ट्रवादी' शिक्षा चाहियो भन्नुको अर्थ केही लाग्दैन । कि भनिदिनुपर्?यो- अहिलेको राष्ट्रवाद भनेको राजावाद हो, हाम्रो इतिहास भनेको शाहवंशको गौरवगाथामात्र हुन् र जनता भनेको कुनै भौगोलिक प्रदेशको ढुंगामाटोजस्तै हुन्, ती त जहाँ पनि भइहाल्छन् । के अब सोझै भन्न मिल्दैन र राष्ट्र भनेको जनता हुन् भन्ने दिन गए भनेर ? र त्यस्तो शिक्षा- जसले मान्छेलाई आफ्नो गरिमा सिकायो र आफू मिलेर नै राष्ट्र बन्छ भन्ने सिकायो, त्यो अब काम छैन भनेर भनिदिए हुँदैन ? क्रमश:
Read Full Discussion Thread for this article