Posted by: Ok June 10, 2005
Hamro Rastriya gaan
Login in to Rate this Post:     0       ?        
प्रचार हुन्छ ? राष्ट्रवादी शिक्षाको प्रसंग उठ्दैछ । राष्ट्रवाद प्रत्येक राष्ट्रको स्वाभिमान हो । त्यसैले शिक्षामा राष्ट्रवादको पुट हुन्छ । आजको विश्वव्यापीकरणको युगमा भने राष्ट्रवादी शिक्षा सिंगो ढिक्काको रूपमा हुँदैन । वास्तवमा अहिले राष्ट्रवादी शिक्षाका नाममा राजावादी शिक्षा दोहोर्?याउन खोजिएको छ । त्यसमा राजा/रानी र राजपरिवारका स्तुतिगान हुनेछ । यो प्रयत्न लोकतान्त्रिक शक्तिलाई विस्थापित गर्ने दुरासयबाट अभिप्रेरित छ । अहिले सञ्चारतन्त्र स्तुतिगानको प्रचारमाध्यम बन्न पुगेको छ । युग भावना नचिन्ने यस उल्टो कसरतले आजका जागरुक जनता र लोकतान्त्रिक चेतनाका बुद्धिजीवीमा उग्र प्रतिक्रिया जन्माउँदैछ । राजनीतिकर्मी, साहित्यकार, कानुन व्यवसायी, मानवअधिकारवादी, प्राध्यापक, शिक्षक, विद्यार्थी स्तुतिगान संस्कारको पक्षमा छैनन् । दरबार र त्यसका हनुमान्को यो प्रयत्न उसरी नै अवसान हुनेछ, जसरी निर्दलीय निरंकुश पञ्चायती व्यवस्थाको भएको थियो । छ यसमा कुनै शंका ?
Read Full Discussion Thread for this article