Posted by: Ok June 10, 2005
Hamro Rastriya gaan
Login in to Rate this Post:     0       ?        
आफूलाई बहुसंख्यक जनताभन्दा माथि ठान्ने, गरिबलाई हली-गोठाला र दास ठान्ने, गरिबी र अज्ञान पीडितको विवशताको लाभ उठाउने र उनीहरूमाथि शासन गर्न चाहनेहरू । चाहे दास युगमा होस्, चाहे मध्ययुगीन सामन्ती व्यवस्थामा होस् या नेपालको वर्तमान अर्धसामन्ती अवस्थामा, यिनीहरू नाङ्गा, भद्दा र हाँसो लाग्दा प्रशंसा र जयजयकारबाट पनि पूरा सन्तुष्ट र प्रसन्न हुँदारहेछन् भन्ने छर्लङ्ग हुँदैछ । जुनसुकै युगमा पनि ठूला-ठालुको कृपा र निगाहमा रमाएर तिनको पाउ मलेर, जुठोपुरा र बकस खाएर मालिकको जयजयकार गर्ने अनि त्यसै दासताको धाकबाट आफूभन्दा तलकालाई दबाउने र तिनीहरूबाट आफूले स्तुति र जयजयकार लिनेहरू दास युगदेखि अहिलेसम्म यत्रतत्र देखिन्छन् । 'तब दासानुदासोहम्' -म तिम्रा दासको पनि दास हुँ) भन्ने स्तुति देवताको सन्दर्भमा मात्र होइन, राजारजौटा र ठालु, जमिनदार, हाकिमको सवालमा पनि लागू हुँदै आएको छ । दास प्रथाकालीन राजा रामको गुणगानमा अनेकौं रामायण लेखिएको सर्वविदित छ । दास प्रथा, जातीय छुवाछूत र नारीको दासताका समर्थकले रामले शूद्र तपसी शम्बूकलाई काटेको र सीतालाई त्यागेर जंगल लखेटेको प्रशंसामा कति फूलबुट्टा भरेर लेखेको सबैलाई थाहा छ । दास प्रथाका समर्थकले रामलाई मात्र होइन रामका दास हनुमान्समेतलाई 'बुद्धिमानहरूमध्ये श्रेष्ठ' भनी स्तुति गर्दै आएका छन् । जितेन्दि्रय बुद्धिमनां वरिष्ठम् श्रीराम दूतं शरणं प्रपधे । रावणका रिसले सिंगै लङ्का जलाउने र सञ्जीवनी बुटी चिन्न नसकेर 'पहाडै बोकेर' ल्याउनेलाई 'बुद्धिमान्मध्ये श्रेष्ठ' भन्दै हनुमानको शरणमा पर्ने परम्पराले नै मान्छेलाई दासको पनि दास हुन गर्व मान्ने हदसम्म गिराएको छ । पुराणअनुसार बनेको एउटा चित्रमा समुद्रमाथि शेषनागको शैयामा देवतामा हैकमशाली विष्णु सुतेका छन् । उनकी पत्नी लक्ष्मी -धनकी देवी) ले तलपट्ट िबसेर उनको खुट्टा माडिराखेकी छन् । त्यो चित्र अहिलेसम्म पनि धेरैको घरमा टाँगिएको देखिन्छ । पति बनेका विष्णुलाई मालिक र पत्नी बनेर गोडा मिच्ने लक्ष्मीलाई दासीको चित्रण गरी असंख्य पुराण कथा लेखिएका छन् । यसखाले परम्पराले स्वास्नीले लोग्नेलाई 'मालिक' भनेर स्तुति गर्ने र आफूलाई 'चरणकी दासी' भन्दै दण्डवत् गर्ने संस्कार चल्दै आयो । जुनबेला सामन्तवादको जग्जगी थियो, 'भगवत् पशुपति भट्टारक महाराजाधिराज महासामन्त अंशुवर्माको जय होस्' जस्ता विरुदावलिसहित राजा-महाराजाको स्तुति गाइँदै आयो । उक्त परम्परालाई आदर्श मानी राजालाई देव अवतार भनेर स्तुति र चाकरी थालियो । क्रमश:
Read Full Discussion Thread for this article