Posted by: newuser June 10, 2005
Deposed HMG secretary Suicide
Login in to Rate this Post:     0       ?        
''तर भ्रस्टाचार नगरेको सचिब यदि नेपालमा छ भने, म आत्महत्या गर्दिन्छु उल्टै।'' रोग नलागिकनै दुब्ला सचिबहरु छन् एक दुई जना जो खासै भ्रष्टाचारमा मुछिएको रेकर्ड छैन।तर तिनले नि दुई, चार लाख नकुम्ल्याए होलान भन्न सकिन्न। तर 90 % सचिबहरुले ठूलै भ्रष्टाचार गरेका हुनुपर्छ। कसले लाख, कसले करोड ग-यो भन्ने चाहिं अनुसन्धान तहेकिकातको विषय हो। कार्की थरका एकजना सचिब छन जो लोकसेवाको जाँच नदिइ श्री ५ को सिफारिशबाट नियुक्त भएका थिए। उनका बाउले त पुरस्कारनै स्थापना गरेका छन् आफ्नो नाममा, भएन भनेर आफ्नै शालिक बनाउन लगाएका छन रे। खानदानी भ्रष्टाचारी । नम्बर १ मा उनै हुनुपर्छ। अनि 'गामले' रेग्मीहरु छन् नि तिनले नि काठमाण्डौमा करौडौको घर सरकारको तलबमा बनाएको पक्कै होइन। नेपालमा काम गर्ने अधिकांश इन्जिनियर र सुपरभाइजर पनि एक नम्बरका भ्रष्टाचारी हुन् भन्ने सुन्न पाइन्छ। पैसो नखाइ एउटै कागजमा साइन गर्दैनन रे उनिहरु। हुनत सय, हजार नखाइकन जागिरे जीवन पूरा गर्ने सरकारी कर्मचारी पनि कोही नहोलान नेपालमा। कसैलाई मन नपर्ने एक दुई जना पियन फेला परे अहोभाग्य हो। निजी क्षेत्रमा काम गर्ने पनि कम छैनन भ्रष्टाचारमा। तर यतातिर मौका अलि मिल्दैन भन्छन धेरैजना। यसमध्ये पत्रकारको समूहमा पर्ने कतिपयले व्यापारीलाई दुहुनो गाई बनाएका उदाहरण प्रशस्त छन्। अन्तमा भ्रष्टाचार गर्ने जति सबैले आत्महत्या गरे नेपाली जनतालाई हाइसंचो हुन्थ्यो। भकाभक मर भ्रष्टाचारी जति सबै।
Read Full Discussion Thread for this article