Posted by: newuser June 4, 2005
About DC Rally
Login in to Rate this Post:     0       ?        
Sardarsingji तपाईंले नि अव न्यूयुजरलाई नतान्नुस भो। आफ्नो कुरा राखौं, अरुको नाम नजोडौं। साझामा राजनीतिक टिप्पणी गर्ने को लोकतन्त्रवादी हो, को निरंकुशतावादी हो भन्ने कुरा उसको लेखनबाटै प्रष्टै वुझिने हुनाले विवाद गर्नुको अर्थ पनि रहन्न। लोकतन्त्रवादीहरुले डटेर लोकतन्त्रको पक्षमा र निरंकुशताको विरोधमा कुरा गरौं, प्रजातन्त्र विरोधीहरुले जे सुकै भनुन, त्यसबाट हाम्रो लोकतान्त्रिक आस्था र विश्वासमा रौं पनि असर पर्नेवाला छैन। अव हामीले व्यक्तिगत झगडा भन्दा पनि तार्किक र विचारोत्तेजक विश्लेषणहरुमा आफ्नो समय खर्चौं जसबाट अहिलेसम्म राजाको चिप्ले कुराबाट अलमलिएकाहरु चाँडो भन्दा चाँडो हाम्रो कित्तामा गोलवद्ध हुन सकुन। जो वर्षौं देखि राजाकै खटनपटनमा वाँचिरहेका छन् ति बाट हामीमाथी युक्तिसंगत र विवेकशिल आलोचना या टिप्पणी ज्यान गए आउने वाला छैन। न त औंलामा गन्न सकिने त्यस्ताले प्रजातन्त्रको अवश्यम्भावी लडाइंलाई रोक्न नै सक्नेछन्। लोकतान्त्रिक आन्दोलनको पक्षमा दिन प्रतिदिन बन्दै गइरहेको माहौलले निरंकुशताका पक्षपातीहरु अत्तालिइरहेका छन्, तै यसलाई रोक्न सकिन्छ कि भनेर तर अव केहि समयमै तानाशाहीहरुको त्यो धरमराउँदो आशा खरानी बन्नेछ अनि निरंकुशताका पृष्ठपोषकहरु दूलोभित्र लुक्न जानेछन्।
Read Full Discussion Thread for this article