Posted by: sardarsing June 4, 2005
King's Unconstitutional Government
Login in to Rate this Post:     0       ?        
श्री ५ ज्ञानेन्द्रको अध्यक्षतामा गठित सरकार असंवैधानिक नेपाल बार एशोसियसनले प्रतिनिधि सभा पुनर्स्थापना आवश्यक रहेको ठहर गरेको छ। मौन जुलुस अघि बढ्ने क्रममा जुलुसको बेला स्थिति तनावपूर्ण बनेको थियो झण्डै दश हजार कानून व्यवसायीहरुको छाता संगठन बार एशोसियेसनको शनिबार काठमाण्डौमा सम्पन्न बार्षिक साधारण सभाले बिशेष प्रस्ताव पारित गरी श्री ५ ज्ञानेन्द्रको अध्यक्षतामा गठित सरकारलाई असंवैधानिक भन्दै त्यसको अबिलम्ब विघटनको माग पनि गरेको छ। एशोसियसनले पारित गरेको सत्र बूंदे बिशेष प्रस्ताव मुख्यतया माघ १९ को शाही कदम विरुद्ध लक्षित देखिन्छ। सात राजनीतिक दलहरुले माग गर्दै आएको विघटित प्रतिनिधि सभाको पुनर्स्थापनालाई सो प्रस्तावको पहिलो बूंदामा राखिएको छ। सो प्रस्तावमा माघ १९ को शाही कदमपछि जारी अध्यादेश, कानून वा निर्मित नयां संरचनाको निन्दा गरिएको छ। - http://www.bbc.co.uk/nepali/news/story/2005/06/050604_barassociation.shtml
Read Full Discussion Thread for this article