Posted by: newuser June 4, 2005
Chabi haraeko raat - Sajha Basibiyanlo
Login in to Rate this Post:     0       ?        
प्रतिकृयाका लागि माथीका साथीहरुलाई मुरी मुरी धन्यवाद, चुपचाप पढ्नेलाई नी साधुवाद। तर कुरो यहाँ अलि मोडिएछ है। कुरो र कुलो जता लग्यो त्यतै जान्छ होइन त ? अव कथाका वारेमा आफ्नै दुई चार कुरा राखौं जस्तो लाग्यो। पहिलो कुरो यो केवल एउटा 'कथा' हो।'सेट' मात्र यथार्थ हो 'प्लट' चैं काल्पनिक हो । खासमा कथामा नेपाली चेलीहरुका वारेमा कुनै नकारात्मक कुरा उल्लेख भएको छैन।बरु उनिहरु प्रति अगाध विश्वास प्रकट भएको छ। foreign land मा वस्नेहरुको कुरा चैं Hancy Guyजीले निकाल्नुभयो दादागिरीजीले घुमाउरो जवाफ दिनुभयो तर म भन्छु त्यसमा supply and demand को असमानता प्रमूख कारण हुनसक्छ। जहाँसम्म जुठो र चोखो भन्ने कुरा छ त्यो कथाको एक पात्रले अर्को पात्रको विगतलाई देखेको हिसाबले आएको हो। फेरी त्यसमा पनि नेपाली परिप्रेक्षलाई किंचित जोडिएको छैन। जेहोस ठट्यौली चाहिं असान्दर्भिक नहोला भन्न सकिन्न। त्यसैले साझावासी दिदीवहिनी, महिला मित्रहरुले चित्त नदुखाउनुहोला :) जतिसुकै फुर्तिफार्ती भे'नी अधिकांश नेपाली युवाहरु यौनको मामिलामा सम्वेदनशील छन, जिम्मेवारी वोध छ, मौकाको फाइदा उठाइहाल्न सक्दैनन तर संगसंगै उनिहरुमा व्यापक यौन कुण्ठा पनि विद्यमान छ जसको भरपर्दो उपचारका रुपमा विवाह नै रोजिन्छ भन्ने मेरो वुझाइ हो जुन कुरालाइ माथीका एकाध टिप्पणीले नी पुष्टि गरेको पाइयो। अव एकैछिन एउटा वहश गर्ने कि: तपाईंहरु अनिमेष भैदेको भा के गर्नुहुन्थ्यो ? अनि साझाका चेलीहरुलाई अनिमेषको भूमिका कस्तो लाग्यो ? लौ त अहिलेलाई तारेमाम ।
Read Full Discussion Thread for this article