Posted by: rajankhanal June 3, 2005
Nepal Dube Ke Bho Ra--- Mero Dalar Kheti Nadubos
Login in to Rate this Post:     0       ?        
नेपाल डुबेर के भो र मेरो डलर खेती नडुबोस् म नेपाल भनि नाक ठाडो गरि हिड्दछु नेपालको नाममा मेरो आफ्नो स्वार्थ पूर्ती गर्दछु नेपालको महिमा र सगरमाथाको उचाईमा गर्व गर्छु जब देशलाई समस्याले पिरोल्छ तब म नेतालाई गालि गर्दै हिड्छु बिदेश भौतारिने उपाय खोज्छु कोठामा बसि प्रजातन्त्र र माओबादका समस्या हल गर्छु जब बास्तविक भूमिका निर्बाह गर्नुपर्छ तब म दश कदम पछाडि भाग्छु देश डुबेर के भयो त साथीहरुहो मेरो प्रोजेक्ट चलेकै छ देश डुबेर आखिर के नै भयो त मेरो डिग्री बनेकै छ बरु द्धन्दको नाममा सफल डलर खेती गर्ने योजना रच्छु आफ्नो दुनो सोझ्याउनु छ कहां म देशको चिन्तामा डुब्छु नेपाल र नेपालीको नाममा मोज गर्न पाएकैछु मौका परे राष्ट्रिय गित मार्फत् प्रजातन्त्रको चोरको गित गाएकै छु राष्ट्र भक्तीको झुट्ठा ढोंग देखाउन पाएकैछु मजदुर बिद्यार्थी र राजनेताहरुले ल्याएको स्वतन‍्त्रताको मस्ती लिन पाएकैछु।।।। जय देश ।। लन्ठु नरेश ।।
Read Full Discussion Thread for this article