Posted by: newuser June 3, 2005
Parliament on the streets
Login in to Rate this Post:     0       ?        
They are trying something new and creative, aren't they? आज सडक संसद् कान्तिपुर संवाददाता काठमाडौं, जेठ १९ - सात दलले संयुक्त आन्दोलनका क्रममा शुक्रबार राजधानीको सडकमा राष्ट्रिय सभा र तेस्रो प्रतिनिधिसभाका सदस्यहरूको खुला विशेष अधिवेशन गर्ने भएका छन् । तर सभामुख तारानाथ रानाभाटले भने विघटित प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरूको सडक अधिवेशनको अध्यक्षता गर्न अस्वीकार गर्नुभएको छ । तर पनि आफूले त्यसबाट पारित हुने प्रस्ताव राजाकहाँ पुर्?याइदिने आश्वासन रानाभाटले दिनुभएको छ । दलहरूले सभामुखले नमानेपछि सडक संसद्को अध्यक्षता ज्येष्ठ सदस्य/उपसभामुख/राष्ट्रिय सभाका उपाध्यक्षमध्ये एकबाट गराउने सम्भावना छ । अध्यक्षताका निमित्त आग्रह गर्न गएका कांग्रेस नेताहरू महेश आचार्य, डा. रामशरण महत, भीमबहादुर तामाङ र दिलबहादुर घर्तीलाई रानाभाटले सडक संसद्ले गर्ने निर्णय दरबार पुर्?याउने आश्वासन दिनुभएको हो । 'हामी शुक्रबार बस्ने विघटित प्रतिनिधिसभाको सभापतित्वको दायित्व निर्वाहका निम्ति आग्रह गर्न गएका थियौं तर उहाँले सभापतित्व होइन, पारित प्र्रस्ताव दरबार पुर्?याउन तयार रहेको बताउनुभयो,' सभामुखसँगको भेटपछि महतले कान्तिपुरसँग भन्नुभयो । रानाभाटले कांग्रेस टोलीसित सभामुखबाट राजीनामा नदिएसम्म सडकमा आउन आफूलाई अप्ठ्यारो परेको जिकिरसमेत गर्नुभएको थियो । बैठकमा सहभागिताका सम्बन्धमा जिज्ञासा राख्दा सभामुखले आफू सडक संसद्मा नजाने बताउनुभयो । 'संवैधानिक संसद् मेरो थलो हो, त्यसैले म सडक संसद्मा जान्नँ,' उहाँले भन्नुभयो- 'कि मलाई पार्टीले सभामुख छाड् भन्नुपर्?यो ।' दलहरूले विघटित प्रतिनिधिसभा र राष्ट्रिय सभाको विशेष बैठक शुक्रबार ललितपुरको मंगलबजारमा गर्नेछन् । सडक संसद्ले सात दलले अघि सारेको संयुक्त आन्दोलनको साझा दस्तावेजलाई अनुमोदन गर्ने कार्यक्रम छ । संसद्लाई संवादको थलो स्वीकार गरी माओवादीलाई शान्तिपूर्ण प्रक्रियामा आउन सडक अधिवेशनबाट दलहरूले लिखित आह्वानसमेत गर्ने भएका छन् । त्यसैगरी अधिवेशनले १९ माघको शाही घोषणा, त्यससँगै प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकार कुण्ठित गर्न जारी आदेश, निर्देशन र अध्यादेशलाई अस्वीकार गर्नेलगायत एक दर्जन प्रस्ताव पारित गर्ने जानकारी पार्टी स्रोतहरूले दिएका छन् । सडक संसद्मा कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, एमाले महासचिव माधव नेपाल, प्रजातान्त्रिकका कार्यवाहक सभापति गोपालमान श्रेष्ठ, नारायणमान बिजुक्छे, चित्रबहादुर आले, भरतविमल यादव र सीपी मैनालीलगायत नेताले सम्बोधन गर्नेछन् । Mock parliament session today POST REPORT KATHMANDU, June 2 - Speaker Tara Nath Ranabhat has turned down the request of the seven-party alliance, to chair Friday's open 'special joint session' of the dissolved House of Representatives and National Assembly, but offered to take the endorsed proposals to the king. Deputy Speaker Chitra Lekha Yadav has however agreed to chair the session. A team of Nepali Congress (NC) leaders - Dr Ram Sharan Mahat, Bhim Bahadur Tamang, Mahesh Acharya and Dil Bahadur Gharti - had gone to Ranabhat's house with a request to chair the session. "We requested him to chair tomorrow's open session but he said he would instead help in taking the endorsed proposal to the palace," Dr Mahat told the Post. "The Speaker does not go to street parliament," Ranabhat said, when asked to respond to the development. "Constitutional parliament is my arena, so I won't go to the street parliament." Seven agitating political parties on Wednesday decided to go for an open special joint session of parliament at Mangal Bazaar in Patan on Friday. Nepali Congress (NC) President Girija Prasad Koirala, UML General Secretary Madhav Nepal, NC (Democratic) Acting President Gopal Man Shrestha, Nepal Workers and Peasants' Party (NWPP) Chairman Narayan Man Bijukchhe, People's Front Nepal (PFN) Acting President Chitra Bahadur Ale, Nepal Sadbhawana Party (Anandi Devi) Vice Chairman Bharat Bimal Yadav and United Left Front (ULF) Chairman C P Mainali will speak on the occasion. The joint session will table motions on the "unconstitutional" Royal Commission for Corruption Control (RCCC), illegal detention of political leaders and human rights activists, gagging of the press, proposed amendments to the Civil Service Act and the problems being faced by Maoist victims, according to a party source.
Read Full Discussion Thread for this article