Posted by: Poonte June 2, 2005
lok geet..
Login in to Rate this Post:     0       ?        
ए, केटा हो! नगर झगडा, नगर झगडा साली पाउँदैनौ, भेना हुँदै तगडा। देख्ने होईन दिउँसै सपनी सत्य कुरो भन्दिम्न म पनि! माया मार भो पुन्टेको सालीको कत्रो demand हो! पहिलो आएछ DCDUDE तेस्को त नाकै हात्तीको सुँढ। मेरी साली ताक्ने आँट आयो कहिले? जाऊ ऐना हेर पहिले! माया मार भो पुन्टेको सालीको कत्रो demand हो! अनि को हो त्यो WORLDMAP? खानु पर्?यो मेरी सालीको slap? सालीको भेना छ, सालीको भेना छ WORLDMAP लाई भेनाको लात्ता छ! माया मार भो पुन्टेको सालीको कत्रो demand हो! प्रेम चरो नि उडेछ भुरुरु आफ्नो बाटो नलागी खुरुरु। ताकूम् गुलेली? लाग्ला मट्ट्याङरा। अनि एक्लै नाच्ने छौ भाङरा। माया मार भो पुन्टेको सालीको कत्रो demand हो! कलंकी पनि मेरी सालीलाई साईड हान्नि? रेष्टुरेण्टमा काम गर्छौ च्या छान्नी। नकचरोको लाज शरम् पचेको मेरी साली आकाशको फललाई कविता रचेको। माया मार भो पुन्टेको सालीको कत्रो demand हो! नभाको होईन थुप्रै नै साली तर सबै सालीको यई भेना माली। यो गीत मा एउटैलाई छड्के सलाम् ज्ञानी भई मादल मात्र ठोक्ने ejuram! माया मार भो पुन्टेको सालीको कत्रो demand हो!
Read Full Discussion Thread for this article