Posted by: sardarsing June 1, 2005
Monarchy and its Relevance
Login in to Rate this Post:     0       ?        
कसले कसरी मार्छ ? उहिले राणा प्रधानमन्त्री वा जर्नेल कर्नेलहरुलाई रैतीका घरका कुनै कुरा राम्रो लाग्यो भने रैतीले कुनै आनाकानी नगरी बुझाउनुपर्थ्यो । ?तिम्री छोरी कस्ती राम्री? भन्यो भने कि त छोरी दरबार पठाउनुपर्थ्यो कि मुग्लान पस्नुपर्थ्यो । मुखबाट निस्केको कुरा नै कानुन मानिने त्यो हुकुमी शासनको जमाना थियो । गएको माघ १९ गते राजाको ?स्वतन्त्र संचार क्षेत्र प्रजातन्त्रको चेतना वृद्धि गर्ने माध्यम हुन् । राष्ट्रिय हितको संवर्द्धनमा यसको विशेष भूमिका रहन्छ ? भन्ने दिव्य वचनयुक्त घोषणा नटुँगिदै देशका सबै एफएम रेडियो, केबुल टीभी, टेलिफोन सेवा र मोफसलका अखबारहरु बन्द भएका थिए । गएको शनिबार पनि झण्डै यस्तै भयो । सोल्टी होटलमा त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको अभिनन्दनको जवाफमा राजाबाट ?वर्तमान विश्वमा प्रविधि विकासले नै समुन्नतिको फराकिलो राजमार्ग बनाउँछ । यसैले विकासको बुहआयामिक पक्षमा प्राकृतिक स्रोतहरुको उपयोगसँगै सूचना प्रविधिको विकासमा जोड दिनु परेको छ? भन्ने गाँठी कुरा प्रकट भएकै दिन सूचना प्रविधिको उपयोग गरेर देशको विभिन्न भागमा एकैचोटी रेडियो कार्यक्रम प्रसार गरी गाउँका जनतालाई सचेत बनाउन महत्वपर्ण भूमिका खेलिरहेको कम्युनिकेसन कर्नरलाई बन्द गर्ने आदेश पठाइयो । चाणक्यनीतिमा भनिएको छ- हात्तीले कुल्चेर मार्छ, सर्पले सुँघेर वा गन्धले मार्छ र राजाले हाँसीहाँसी मार्छ । मलाई यो कुरा निक्कै घत लागेको छ । तपाइँका अरु पाठकलाई पनि घत लाग्नसक्छ । यसैले यो चिठी छापिदिनुहोला । - केशव श्रेष्ठ सानेपा, ललितपुर
Read Full Discussion Thread for this article