Posted by: Futurenepal May 31, 2005
Hamro Rastriya gaan
Login in to Rate this Post:     0       ?        
गैँति बेल्चा उचालेर... पहरालाई छिचलेर, डाँडा काडाँ बाटो बनायो के खायो नि कुल्ली दाईले ? के पायो नि कुल्ली भाईले? अर्कैले ट्याक्सी गुडायो...२ हामीले टेक्ने ढुङगे गेगर खस्न तयार थियो, टाउको माथि पहाराहरु झर्न तयार थियो तल हेर्दा खोला बगर टाउको रिँगाई दिन्थ्यो, सिनो माथि घनले हानी झिल्को निकालिन्थ्यो आफ्नो आँत छिनाएर, प्राणको बाजी लगाएर, भिर पाखा बाटो बनायो के खायो नि कुल्ली दाईले? के पायो नि कुल्ली भाईले? ठेकदारले पैसा कमायो....२ डबल जिउकी भाउजु पनि तेहि पहारामा बास, बाँचौला र खाउँला भन्ने छैन केहि आस। तेहि पहरामा नानी जन्म्यो, गैँति ठोकि ठिकि कति ढुङ्गा पन्छायौँ नि तातो नानी बोकि। घाम पानी नभनेर, भोक तिर्खा नभनेर, पुर्वपश्चिम बाटो बनायो, के खायो नि कुल्ली दाईले ? के पायो नि कुल्ली भाईले? दुनियालाई बसमा कुदायो। साखै हामी ब्लाष्टिन बोकि बाँदर लड्ने भिरमा, मर्ने काल टाढा छैन, मुटु छैन स्थिरमा काम सक्यो, ज्याला सकियो, हाम्रो खल्ति रित्तै, सामन्तिको मोटरले चढाउँदैनन् सित्तै कति मरे किचिएर, कति मरे पुरिएर ब्यर्थै हाम्रो जिवन गुमाएर के खायो नि कुल्ली दाईले ? के पायो नि कुल्ली भाईले? नानीहरु टुहुरा बनाएर ....२ जर्मुरिएर उठ्न पर्यो सबै कुल्ली साथी, दुष्टहरुले परेड खेल्यो हाम्रो छाति माथि हाम्रो जीवन खेर गयो, चुप लागेर बस्ता ठूलाठालु डराउँदैछन् हाम्ले कम्मर कस्ता। हाम्रो जीवन नचिन्नेलाई, हाम्लाई मान्छे नगन्नेलाई हाम्ले पनि अब चिन्या छौँ। भिरमा खेल्ने साहसहरु, पहरा फोर्ने तागतहरु, सँघर्षमा अब लगाई दिँउ....२
Read Full Discussion Thread for this article