Posted by: naya lahure May 30, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
राजन जी, यदि तपाईँ romanized layout बाट टाइप गर्नुहुन्छ भने त English मा कमा भएकै ठाउँमा छ तर यदि तपाईँ म जसरी नै traditional layout चलाउनु हुन्छ भने चाहिँ दुःखको कुरो , कमा नै छैन कमा हान्दा ऽ आउँछ।त्यसका लागि मैले दुइवटा विकल्पको प्रयोग गर्ने गरेको छु। यदि म ठूलो कगजात टाइप गर्दै छु भने ऽ नै छाडिदिन्छु र अन्त्यमा English मा गएर , हानेर search/replace गर्छु। तर इमेल आदिमा यो विधिले काम गर्दैन। त्यसका लागि या त shiftरAlt थिचेर Englishमा गएर कमा, हानेर फेरि तिनै keyहरु थिचेर नेपालीमा फर्किने। नत्र ShiftरCtrl थिचेर romanized layout मा गएर कमा, हानेर काम चलाए पनि हुन्छ। यो विधि हेर्दा झर्को लाग्दो देखिन्छ तर प्रीति, कान्तिपुरहरू जस्ता फन्ट चलाउँदा भएको अवैज्ञानिक दुःखका तुलनामा त केही पनि होइन। खबर पाउँ हैऽ यसले केही मदत हुन्छ कि हुँदैन।
Read Full Discussion Thread for this article