Posted by: Futurenepal May 29, 2005
Nepal's Politics... Sudhir Sharma in NEPAL MAGAZINE
Login in to Rate this Post:     0       ?        
माओवादीभित्र ठूलो फाटो छ, जो टालेर टाल्न सकिन्न भनेर युद्ध लडिरहेका विद्रोही शक्तिलाई मनोवैज्ञानिक रूपमा कमजोर बनाउनु टेप-उद्घाटनको पहिलो लक्ष्य थियो । दोस्रो, आमनागरिक तथा भारतीय शासकवर्गलाई माओवादीभित्र लोकतन्त्रका कुरा गर्नेहरू भारतद्वारा सञ्चालित जासुस तथा अराष्ट्रिय तत्त्व नै हुन् भनेर लान्छना लगाउनु थियो । तर, यी दुवै काम यति ढिलो प्रस्तुत गरिए कि जसले शत्रु पक्षलाई भन्दा आफूलाई बढ्ता नोक्सान गर्न पुगे । यतिखेर नेपाली मकरतन्त्र खुलेर भारतको बदख्वाइँ गर्न लागिपरेको छ भने भारत मकरतन्त्रलाई सबक सिकाउन उद्यत देखिन्छ । जेठ ११ गतेको टाइम्स अफ इन्डिया को प्रमुख समाचार, १२ गते प्रकाशित उक्त पत्रिकाको सम्पादकीय तथा इन्डियन एक्सप्रेस मा सी राजामोहनको लेख आदि त्यही 'सबक' को झल्कोका रूपमा आएका छन् । त्यसको 'स्केप गोट' चाहिँ डा बाबुराम भट्टराई बनाइएका छन् । यी समाचार र घटनाक्रमले डा भट्टराईलाई नकारात्मक मात्र होइन, सकारात्मक उपलब्धि पनि दिएको छ । उनको पृष्ठभूमि जान्नेहरूका लागि सीपीआई -एम) का महासचिव प्रकाश कारातसँग भेट्न अखबारहरूमा उछालिएजस्तै खुफिया एजेन्सीहरूको सहयोग आवश्यक पर्दैन भन्ने कुरा भारतीय तथा नेपाली बुद्धिजीवीहरूका लागि दिउँसोको घामझैँ छर्लङ्ग हुने कुरा हो । भारतको फरक चलखेल वास्तवमा भारतले नेपाली राजनीतिलाई तरङ्गित बनाउन तीनवटा बल एउटै मैदानमा खेलिरहेको प्रस्टै देखिन्छ । पहिलो, उसले गएको वैशाख महिनामा राजालाई हतियार दिने वचन दियो । उसको आसय त्यो सहमति सार्वजनिक नहोस् भन्ने थियो । तर, राजाले भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहलाई भेटेर बाहिर निस्कनेबित्तिकै जकार्तामै त्यो कुरा खोलिदिए, त्यो पनि भारतीय सञ्चारमाध्यममार्फत । हतियार आपूर्तिको औचित्य पुष्टि गर्न भारतको 'युनाइटेड प्रोगेसिभ अलाइन्स' -यूपीए) सरकारलाई सम्भव थिएन । त्यसैले राजाको उक्त भनाइपछि ऊ धर्मराउन पुग्यो । त्यसको पछाडि सत्ता साझेदारमा रहेका आरजेडी, लोकतान्त्रिक जनशक्ति तथा बाहिरबाट सहयोग पुर्?याइरहेका चार वाम पार्टीहरू र समाजवादी पार्टीको तीव्र विरोध थियो । आन्तरिक रूपमा मकरतन्त्रलाई सहयोग गर्ने चाहना हुँदाहँुदै पनि हतियार आपूर्तिका बारेमा बाहिर आएका समाचारले यूपीए सरकारलाई आफ्नो पुरानो निर्णय फेरेर नेपालका सात पार्टीको गठबन्धनलाई समर्थन गर्नुपर्ने बाध्यात्मक स्थिति उपस्थित हुनपुग्यो । भारतले हतियार आपूर्तिमा ढिलाइ गरेको देखेर संस्थापनले नेपाली राजनेताहरूलाई दङ्ग्याएर, थर्काएर आफ्नो स्वार्थ सिद्दी गर्दै आएझैँ भारतलाई पनि त्यसरी नै दङ्ग्याउने हिसाबले प्रचण्डको टेपमार्फत माओवादीको एउटा हिस्सा भारतीय दलाल नै हो र भारतीयहरूले नेपाली राजनीतिमा हस्तक्षेप नै गरिरहेका छन् भन्ने पुष्टि गर्न चाह्यो । त्यसले भारतीय राजनीतिक केन्द्रलाई सबैभन्दा आघात पुर्?यायो । क्रमशः
Read Full Discussion Thread for this article