Posted by: Futurenepal May 29, 2005
Nepal's Politics... Sudhir Sharma in NEPAL MAGAZINE
Login in to Rate this Post:     0       ?        
प्रचण्डले भोलिपल्टै वक्तव्य निकालेर "रणनीतिक दृष्टिले एक वा अर्काेलाई प्रमुख वा गौण शत्रु ठान्नु गम्भीर विचलन हुने" चेतावनी दिए । त्यसैले आफ्नो पार्टीले "प्रधान अन्तरविरोधको निक्र्योल गर्दा भारतीय विस्तारवादद्वारा संरक्षित घरेलु प्रतिक्रियावादसँगको अन्तरविरोधलाई प्रधान मानेको" बताए । अर्थात् भट्टराईले राजतन्त्रलाई मुख्य शत्रुमा चित्रित गरेका छन् भने प्रचण्डले राजतन्त्र र भारत दुवैलाई बराबरी शत्रु मानेका छन् । माओवादीभित्र यो विवाद गत साल भदौमा केन्द्रीय समितिको विस्तारित बैठक -प्लेनम) ले भारतलाई मुख्य शत्रु निर्धारण गर्दै प्रत्याक्रमणको चरणमा प्रवेश गर्ने निर्णय गरेपछि चर्केको हो । सो बैठकले "भारत नेपालको भूटानीकरण वा सिक्किमीकरण गर्ने रणनीतिमा षड्यन्त्रमूलक ढङ्गले अगाडि बढिरहेको" दाबी गर्दै "भारतको सन्निकट फौजी हमलाको खतराविरुद्ध एकजुट हुन" आह्वान गरेको थियो । बाबुराम भट्टराई यसप्रति सहमत देखिएनन् । उनले हेडक्वार्टरलाई पठाएको १३ बँुदे असहमतिमा "राजतन्त्रसँग नै क्रान्तिकारीहरूको प्रमुख अन्तरविरोध रहने सीधा र सपाट कुरामा पनि अस्पष्टता र ढुलमुलपन देखापर्नु चिन्ताजनक हो" भन्दै नेतृत्वले "राजतन्त्रप्रति आशाको नजरले हेरेको" गम्भीर आरोपसमेत लगाए । प्रचण्डले पनि बाबुराम "प्रकारान्तरले साम्राज्यवाद, विस्तारवाद र शाही सैनिक फासीवादलाई मद्धत पुर्?याउने अत्यन्त घातक दिशामा अगाडि बढिरहेको" बताए । माओवादीको नेतृत्व विवाद यति चर्कियो कि, भारतमा पटकपटक नेताहरू समातिएको घटनासमेत पार्टीभित्रैको गद्दारीका कारण सम्भव भएको आरोप लाग्न थाल्यो । दिल्लीमा मातृका यादवको गिरफ्तारी यथार्थमा प्रचण्डतर्फ}{लक्षित रहेको र त्यसमा बाबुराम भट्टराई वा उनी पक्षधर नेताको हात रहेको आशङ्का गरियो भने उता बाबुरामले चाहिँ त्यस प्रकरणमा मुछिएका उपेन्द्र यादव प्रचण्डसँगै नजिक रहेको बताए । -उपेन्द्र यादवचाहिँ यसबारे के भन्छन् त, हेर्नुस् पृष्ठ २६ मा उनको बयाननामा ।) त्रिपक्षीय पहल आन्तरिक विवादको एउटा कारण बनेको भारतसँग सम्बन्ध सुधार्न र भारतकै सहयोगमा नेपालका संसदीय शक्तिसँग सहकार्यको खोजी गर्न माओवादीको टीम दिल्लीमा क्रियाशील रहेको हो । तर, उनीहरूले 'कार्यनीतिक उपयोग' का निम्ति मात्र भारतको सहयोग खोजेका हुन् कि 'लोकतान्त्रिक गणतन्त्र' कै लागि हात बढाएका हुन्, प्रस्ट छैन । तर, 'को मुख्य शत्रु' भन्ने विषयमा अहिलेसम्म जारी आरोप-प्रत्यारोपले भारतसम्बन्धी माओवादीहरूको विवादचाहिँ थाती नै रहेको प्रस्ट हुन्छ । क्रमशः
Read Full Discussion Thread for this article