Posted by: Futurenepal May 29, 2005
Nepal's Politics... Sudhir Sharma in NEPAL MAGAZINE
Login in to Rate this Post:     0       ?        
विवादको अर्को चरण बाबुरामको दिल्ली अभियान सुरु हुनासाथ सेनाले त्यसलाई 'सेबोटेज' गर्न खोज्यो, प्रचण्डको बोली रेकर्ड गरिएको टेप सार्वजनिक गरेर । जेठ ६ गते पत्रकार सम्मेलनमा बजाइएको त्यो टेपमा प्रचण्डले भनेका छन्, "भारतको पक्ष लिएपछि बाबुरामलाई कारबाही गरेको हो भन्ने -खबर) पुगिसकेपछि -भारतको) सरकारी स्तरबाटै यो कुरो क्लियर नभइकन किरणजी र गौरवजीलाई छोड्न सकिँदैन भन्ने टायपको -कुरा) आएको छ । ....बाबुरामलाई पुनःस्थापना गरेपछि मात्र -किरण र गौरवलाई) छोड्छौँ भन्ने भाव दिन खोजिरहेका छन् उनीहरूले ।" प्रचण्डले अगाडि भनेका छन्, "उनीहरूले -भारतले) फेरि खोजिरहेको के छ भने पार्टी हेडक्वार्टर -प्रचण्ड) नै वार्तामा आउनुपर्?यो भन्ने छ ।" उनले वार्ता गर्न आफू भारत नजाने तर भारतको प्रतिनिधि आएमा आफ्नो आधार इलाकामै सुरक्षाको ग्यारेन्टी लिएर बाबुराम भट्टराई र आफू दुवैले सँगै कुरा गर्ने खबर भारतलाई पठाएको बताएका छन् । माओवादी र भारतबीच पहिल्यैदेखि सम्पर्क रहेको, भारतले बाबुरामको पक्ष लिएको र प्रचण्डसँगै वार्ता गर्न चाहेको जनाउने रेकर्डेड टेप सेनाले बाहिर ल्याउनासाथ काठमाडौँस्थित भारतीय दूतावासले कडा प्रतिक्रिया जनायो । "उक्त टेपका बारे नेपाली अधिकारीहरूले भारत सरकारलाई जानकारी नदिएकाले भारतलाई उक्त टेप र त्यसको विश्वसनीयताबारे केही थाहा छैन," दूतावासको विज्ञप्तिमा भनिएको छ । भारतले खण्डन गरे पनि माओवादी प्रमुख प्रचण्डले टेपको आधिकारिता प्रमाणित गरिदिए । उनले जेठ ८ गतेको वक्तव्यमा "नितान्त भिन्न समय, सन्दर्भ र धेरै पहिलेको हाम्रो एउटा अडियो क्यासेट" उल्लेख गर्नाले सेनाले सुनाएको बोली प्रचण्डकै रहेको भन्ने आमजनताले बुझे । त्यसपछि माओवादी विवाद फेरि बल्भिmयो । किनभने त्यो टुङ्गोमा पुगिसकेको थिएन । बाबुराम भट्टराईले जेठ ११ गते वक्तव्य निकालेर टेप प्रकरणलाई "आन्तरिक विवादलाई राजतन्त्रविरोधी आन्दोलन भाँड्ने हतियारका रूपमा प्रयोग गर्न खोजिएको" दाबी मात्र गरेका छैनन्, आफू 'भारतपरस्त' नरहेको लामै जिकिर पनि गरेका छन् । र, पार्टी संस्थापनतर्फ इङ्गित गर्दै आफूलाई भारतपरस्त भन्नेहरू राजापरस्त रहेको चर्को आरोप पनि लगाएका छन् । भारतपरस्त कि राजापरस्त ? अहिले माओवादीभित्र चर्केको चुरो विवाद यही हो । मुख्य शत्रु को ? प्रधान अन्तरविरोध कोसँग ? नेपालको कम्युनिस्ट आन्दोलनमा आधा शताब्दीदेखि नटुङ्गिएको यो विवादले पटकपटक पार्टीहरू फुटाएको छ । क्रान्तिको मुख्य शत्रु सामन्तवाद -राजतन्त्र) हो कि विस्तारवाद -भारत) ? अहिले माओवादीभित्र पनि यही रोग सल्केको छ । बाबुराम भट्टराईले जेठ ११ गतेको वक्तव्यमा भनेका छन्, "राजतन्त्र र भारतीय सत्तापक्षमध्ये राजतन्त्रसँगको अन्तरविरोध नै प्रधान हो भन्ने हाम्रो पार्टी र मेरो दृढ मत रहँदै आएको हुँदा त्यसै आधारमा नै मलाई कसैले भारतपरस्त भन्छ भने ऊ स्वयम् राजापरस्त हुने स्वतसिद्ध छ ।" क्रमशः
Read Full Discussion Thread for this article