Posted by: Futurenepal May 29, 2005
Nepal's Politics... Sudhir Sharma in NEPAL MAGAZINE
Login in to Rate this Post:     0       ?        
डा भट्टराई, महरा र किसन प्याकुरेल -अर्थात् रायमाझी) ले भारतका महत्त्वपूर्ण गुप्तचर अधिकारीहरूका साथै कारात, बर्द्धनलगायतका नेताहरूलाई भेटेको खबर सबैभन्दा पहिला दुबईबाट निस्कने गल्फ न्युज ले जेठ ४ गतेको अङ्कमा छापेको थियो । त्यसको आठ दिनपछि टाइम्स अफ इन्डिया ले भारतका गुप्तचर अधिकारीहरूले कारातलाई भट्टराईसँग भेट्टाएको लेख्यो । जानकार स्रोतहरूका अनुसार उनीहरूको चिनजान सन् '७० को दशकमा दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयमा पढ्दा नै भइसकेको हो । "उनीहरूको भेटघाट गुप्तचरहरूले गराएको होइन," दिल्लीस्थित स्रोत दाबी गर्छ, "बरु भट्टराईले 'र' का मान्छेहरूसँग अलग्गै भेटेका चाहिँ हुनसक्छन् ।" सिक्किम विलयदेखि बङ्गलादेशको स्थापना र श्रीलङ्काको तमिल विद्रोहसम्म दक्षिण एसियाका अनेक राजनीतिक उथलपुथलमा भारतीय गुप्तचर संस्था 'र' को हात रहने गरेको छ । यस्तो संस्थाको प्रमुखमा गत माघबाट पीके हर्मिज ताराकन नियुक्त भएका छन्, जसले नेपाली राजनीतिलाई राम्रैसँग बुझेका छन् । उनी भारतीय कूटनीतिज्ञको आवरणमा ०५८ जेठसम्म नेपालमा 'र' को स्टेसन चीफ थिए । पदावधि थप नभएमा यसै महिनाबाट अवकाश पाउन लागेका ताराकनले यसबीच आफ्नो महत्त्व दर्शाउने राजनीतिक भूमिका त खेल्न खोजेनन् ? कतिपयको आशङ्का यस्तो पनि छ । तर, डा भट्टराईले आफ्नो दिल्ली मिसनमा भारतका जासुसहरूको संलग्नता रहेको खबरको ठाडै खण्डन गरेका छन् । ज-जसलाई जुन-जुन माध्यमबाट भेटे पनि यसपटक डा भट्टराईको दिल्ली दौडाहापश्चात् माओवादीले भारतबाट अघोषित रूपमा राजनीतिक शक्तिको मान्यता पाएका छन् । स्मरण रहोस्, भारत नै पहिलो मुलुक हो, जसले नेपालले भन्दा पहिला ०५८ साउनमै, माओवादीलाई आतङ्कवादी घोषित गरेको थियो । भारतलाई आफूप्रति सकारात्मक बनाउन प्रचण्डले 'भारततर्फै झुकाव रहेको' भनिएका बाबुराम भट्टराईलाई खटाएका छन् । यसका लागि भट्टराईले चाहिँ भारतीय सत्ताका सहयोगी रहेका वामपन्थी दलहरूमार्फत बढी कोसिस गर्दैछन् । लोकतान्त्रिक सहकार्य माओवादी टोलीले दिल्लीमा हासिल गरेको मुख्य उपलब्धिचाहिँ नेपालमा आन्दोलनरत राजनीतिक दलहरूसँगको सहकार्य हो । दल र माओवादीका प्रतिनिधिहरूबीच त्यहाँ भएको छलफलबाट 'लोकतान्त्रिक गणतन्त्र' का निम्ति सहकार्य हुनसक्ने सम्भावना बढेको समाचार स्रोतको दाबी छ । नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाबाट यही साता हुन लागेको दिल्ली भ्रमणलाई यसैसँग जोडेर हेरिँदैछ । भलै कोइरालाले स्वास्थ्योपचारका लागि जान लागेको बताएका छन् । डा भट्टराईले नेपालका राजनीतिक दलहरूका दिल्ली प्रतिनिधिहरूसँग चरण-चरणमा वार्ता गरेका थिए । दिल्लीमा नेपाली काङ्ग्रेसका कृष्णप्रसाद सिटौला र डा शेखर कोइराला, प्रजातान्त्रिक काङ्ग्रेसका प्रदीप गिरी, नेकपा एमालेका राजन भट्टराई, सद्भावना पार्टीका हृदयेश त्रिपाठी र राजेन्द्र महतो, संयुक्त वाममोर्चाका चन्द्रदेव जोशी आदि रहेका छन् । नयाँ दिल्लीको युसुफ सरायमा कार्यालय खोलिएको 'नेपाल डेमोक्रेसी एण्ड ह्युमन राइट्स एड्भोकेसी सेन्टर' मार्फत नेपाली नेताहरू क्रियाशील छन् । क्रमशः
Read Full Discussion Thread for this article