Posted by: ulter440 May 26, 2005
यो त अति नै भयो।
Login in to Rate this Post:     0       ?        
यो त अति नै भयो। विगत केहि दिन देखी यस पत्रिकाको अमूल्य ठाउँ डि.आई. जी. को खेदो खन्नमा खर्च भएको देख्दा दु:ख लाग्यो।नेपालमा उनी मात्र एक्लो ब्यक्तिि होईनन् जसले कानून मिचेका छन्। विगतका आन्दोलनहरुमा भएका तोडफोड र आगजनीका दृश्यहरु अझैपनि सुरक्षित छन्।ति घटनाहरुमा सम्मिलितहरुका तस्विर प्रमान स्वरुप विभिन्न पत्रपत्रिकामा प्रकाशित भएकै हो। न त सवारी धनीले क्षतिपूर्ति नै पाए न त दोषिमाथी कुनै कारवाहि। यस्तै जनमत त्योबेला किन आएन? यस पत्रिकाले त्यतिबेला किन विरोध गरेन? कानूनको अगाडि यदि सबै समान हुन भने दुईटै घटना ऊस्तै हुन।अझ आगजनि र तोडफोड संगिन अपराध होईन र?
Read Full Discussion Thread for this article