Posted by: newuser May 26, 2005
Nepalese State of India
Login in to Rate this Post:     0       ?        
साथीहरु यति छिट्टै अावेशमा नअाइहालम । वास्तवमा यि सवै कुरा राजनीतिक नाटकवाजी हुन । शासकहरुबाट बेला बखतमा नाटक मंचन भैरहन्छ अनि हामी हतास हुन्छाै तर उनिहरु रमाइरहेका हुन्छन । भारतसंग जति राजनीतिक पार्टी र माअाेवादीकाे सानिध्य छ, त्यति नै राजपरिवारकाे पनि। अनि माअाेवादीकाे उदय र विस्तारमा भारतकाे जस्तै दरवार र शाही सेनाकाे प?त्यक्ष र पराेक्ष दुवै भूमिका रहेकाे पनि जगजाहेर छ। यतिबेला नाटक एउटा गम्भीर माेडमा अाइपुगेकाे छ। जव नाटकका पात्रहरु अाफूलाइ दिइएकाे script लत्याएर जथाभावी अभिनय गर्न थाल्छन, अथवा नाटक भित्रै अर्काे नाटक रच्न थाल्छन परिस्थिति वुझिनसक्नुहुन्छ, अहिले भएकाे त्यस्तै हाे । भारतकाे पछिल्लाे नाटक दुइ कारणबाट भएकाे छ । पहिलाे उसले कालापानीकाे अतिक?मणलाइ वैधता दिनुछ । हाम?ा शासक र नेताहरु चुपचाप छन्, जनस्तरमा केहि विराेधकाे स्वर उठेकाे छ, त्याे विराेधकाे स्वर चाँडाे सेलाअाेस भनेर भारतले याे अतिशयाेक्तिपूर्ण नाटक मंचन गराएकाे हाे । दाश्राे कारण अहिले दरबारले 'चाइना कार्ड' खेलेर भारतलाइ एकछिन रनभूल्लमा पारेकाे थियाे । अनि भारतले चाहिं मसंग तिमेरु जाेरी खाेज्ने ? भनेर माअाेवादीकाे तुरुपकाे एक्का निकालेर देखाइदियाे, दरवारलाइ तर्साउन। हुनत साथीभाइहरु मलाइ कहिले माअाेवादी, कहिले पार्टी र कहिले दरबारकाे मान्छे भनेर अाराेप लगाउने गर्छन तर वास्तवमा नेपालमा हुने नाटकवाजीलाइ राम?ररी वुझ्ने थाेरै मान्छेमध्ये एउटा म पनि हुँ की ? खैर म एउटा सर्वसाधारण हुँ। मेराे काँचाे विश्लेषण अनुसार नेपालमा भारतकाे चासाे हाम्रा नदिनाला हुन। तिनकाे मुहानमै भारतले सैनिक उपस्थितिद्वारा नदिकाे वहावलाइ अाफ्नाे नियन्त्रणमा राख्न चाहन्छ। यसै उद्येश्यका निम्ति उसले नेपालीहरुलाइ एक अापसमा लडाएर, कहिले दरवारलाइ उचालेर त कहिले पार्टीहरुलाइ त कहिले माअाेवादीलाइ उचालेर फाटाे उत्पन्न गराउन खाजिरहन्छ। हाम्रा कथित krantikari माअाेवादी , राजा र पार्टीहरु भारतकाे प्याधा बनेर उसकाे नाटकका हाँस्यपात्रकाे भूमिका मंचन गर्न तछाडमछाड गर्छन। याे नै हाम्रा लागि दूर्भाग्य हाे। अव भारतीय अतिक?मणकाे सामाना गर्ने एक मात्र उपाय तीनै पक्ष मिलेर देशलाइ राजनीतिक स्थायित्व दिनु हाे । तर यि तिनै पक्ष यति नीच र सत्तालाेलुप छन् कि यिनले सत्ताकाे स्वाद चाख्न पाएसम्म देशकाे स्वाधिनता विलिन भएकाे टुलुटुलु हेरेर बस्नेछन। भारतले अहिले माअाेवादीलाइ शरण दिएजस्ताे देखाएपनि अन्तत यै माअाेवादी समस्याकाे अाड लिएर नेपालमा सैनिक हस्तक्षेप गर्नु उसकाे अन्तिम लक्ष्य हाे। याे कुरा सत्तामा एक्लै राज गर्न उद्दत तीनै पक्षले बुझ्न जरुरी छ। राजाले पनि याे वुझ्न जरुरी छ कि भारत उनिस?ंग माेलमाेलाइ गर्न चाहन्छ,केहि नयाँ जलश्राेत उपयाेगिताका विषयमा। राजाले अव एक्लै भारतसंग डिल गर्नुकाे सट्टा पार्टी र माअाेवादीलाइ राजनीतिकाे मूलधारमा अाउने वातावरण श्रृजना गर्नुपर्छ । भारतलाइ खेल्ने माैका दिनुहुँदैन । राजाले सम्विधान अन्तर्गत रहेर पार्टी र नेताहरुलाइ स्वच्छ राजनीतिक अाचरण निर्वाहका लागि दवाव दिन सक्नुपर्छ। भारतकाे कुत्सित स्वार्थलाइ पूरा हुन नदिन सवै नेपालीहरु मिल्न जरुरी छ। याे नै देशकाे सार्वभाैमिकताकाे बचाउ गर्ने एक मात्र उपाय हाे। देशकाे अस्तित्वकाे प?रश्नका अगाडी सम्विधानसभा गाैण विषय हाे, मेलमिलापका लागि राजाले सम्विधानसभा मान्नैपर्छ । ताकी भाेली माअाेवादीकाे अचाक्ली नियन्त्रण गर्न नसकेर राजा स्वयंले भारतीय सेनालाइ गुहार्न नपराेस । माअाेवादीहरु र नेताहरुले पनि सत्ताकाे भ-याङ चढ्न भारतकाे सहारा लिंदा अाफ्नै देशकाे स्वतन्त्रता विलिन हुनसक्ला भन्ने कुराकाे हेक्का राखेर तदनुसार जिम्मेवारीपूर्ण अाचरण निर्वाह गर्नुपर्छ। अन्तमा नेपालीहरु अहिले नै भारतले देशै खायाे भनेर रुने कराउने, एउटा पक्षकाे गुणगान गाएर अर्कालाइ गाली गर्ने भन्दा पनि, सवैलाइ मिल्नका लागि जाेड दिनु हाम्राे वुद्धिमानी हुनेछ। संयुक्त राष्ट?्संघ, अन्तराष्टिय समुदाय हुँदाहुँदै भारतले अहिलेनै नेपाललाइ निलिहाल्न सक्दैन तर अव एकजुट हुने समय अाइसक्याे।। Sorry for typos. याे दाेष मेराे हाेइन, मेराे थाेत्राे कम्प्युटरकाे ।
Read Full Discussion Thread for this article