Posted by: NBCA May 25, 2005
Prachanda created by King G
Login in to Rate this Post:     0       ?        
बाबुरामद्वारा प्रचण्डको आरोपको कडा प्रतिवाद डाक्टर भट्टराईले प्रचण्डको कडा प्रतिवाद गर्नुभएको छ माओवादी विद्रोहीहरुका एकजना वरिष्ठ नेता बाबुराम भट्टराईले आफूलाई भारत परस्त भनि आफ्नै पार्टीका अध्यक्ष प्रचण्डले लगाउनुभएको आरोपको कडा प्रतिवाद गर्नुभएको छ। उहाँले भारतीय गुप्तचर संस्थाहरुको सहयोगमा आफूले भारतीय वामपन्थी नेताहरुसंग भेट गरेको भन्ने समाचारको पनि खण्डन गर्नुभएको छ। गम्भीर सैद्धान्तिक मतभेदका कारण पार्टी भित्र कारवाहीमा पर्नु भएका भनिएका वरिष्ठ माओवादी नेता ड बाबुराम भट्टराईले पार्टीमा अहिले आफ्नो पद र अवस्था बारे केहि खुलाउनु भएको छैन। मलाई कसैले भारत परस्त भन्छ भने उ स्वयं राजापरस्त हुने स्वत:सिद्ध छ डाक्टर भट्टराई वुधवार जारी गर्नु भएको एक वक्तव्यमा श्री भट्टराईले आफूलाई भारत परस्त भन्ने पार्टीको नेतृत्व नैं राजा परस्त भएको आरोप लगाउनुभएको छ। निराधार र भ्रामक भट्टराईले आफ्नो वक्तव्यमा भन्नुभएको छ, 'सो टेपमा मलाई भारतपरस्त भन्दै भारतीय सत्तापक्षले मेरो पार्टीमा पुनर्वहालीको प्रश्न र भारतीय जेलमा रहनुभएका हाम्रा वरिष्ठ नेताहरु क. किरण र क. गौरवको रिहाइलाई शर्तवन्दी गर्न खोजेको भन्ने विल्कुल निराधार, कपोलकल्पित, भ्रामक र चरित्र हत्या गर्ने खालको गंभीर आरोप लगाइएको छ... मलाई कसैले भारत परस्त भन्छ भने उ स्वयं राजापरस्त हुने स्वत:सिद्ध छ।' गत हप्ता शाही नेपाली सेनाले एक पत्रकार सम्मेलनमा सार्वजनिक गरेको माओवादी अध्यक्ष प्रचण्डको स्वर रहेको भनिएको एउटा अडियो क्यासेटमा डा. भट्टराई भारत परस्त भएको आरोप लगाउँदै उहाँ माथीको कारवाही फिर्ता लिए भारत सरकारले अहिले भारतमै थुनामा रहेका दुईजना वरिष्ठ माओवादी नेताहरु मोहन वैद्य र सिपी गजुरेललाई छाड्न तयार रहेको सन्देश पठाएको बताइएको थियो। काठमाण्डौस्थित भारतीय दूतावासले पनि ति आरोपहरु निराधार भएको बताएको थियो। त्यसको एकदिन पछि जारी गरिएको वक्तव्यमा प्रचण्डले सो टेप र त्यसमा व्यक्त बिचारको खण्डन त गर्नु भएन तर ति असान्दर्भिक भैसकेको बताउनुभएको थियो। डाक्टर भट्टराईले आफूले भारतीय गुप्तचर संस्थाका अधिकारीहरुको सहयोगमा दिल्लीमा केहि वरिष्ठ भारतीय वामपन्थि नेताहरुसंग नेताहरुसंग भेटघाट गरेको भन्ने एउटा प्रमूख भारतीय अखबार टाइम्स अफ इन्डियामा वुधवार प्रकाशित समाचारको पनि खण्डन गर्नुभएको छ। उहाँले उहाँकै शव्दमा दरवारिया तत्वले आफ्नो चरित्र हत्या गर्न त्यस्तो समाचार प्रकाशित गर्न लगाएको आरोप पनि लगाउनुभयो। आफ्नो कूटनीति निर्माणका लागि भारतले माओवादीहरुसंग सम्पर्क राख्?न जरुरी छ जनरल अशोक मेहता 'गुप्तचर संपर्क छ' तर नेपाल मामिलाबारेका एकजना भारतीय विज्ञ भूतपूर्व जनरल अशोक मेहताले बीबीसी नेपाली सेवासंगको एक अन्तर्वार्तामा भारत सरकारको विचार उसको गुप्तचर संस्थाबाट प्रकट हुन्छ भन्नभयो। उहाँले नेपालका माओवादीहरुसंग विगत दुई/तीन वर्ष देखि भारतीय गुप्तचर एजेण्टसंग सम्पर्क भैरहेको बताउनुभयो। उहाँले भन्नुभयो, 'आफ्नो कूटनीति निर्माणका लागि भारतले माओवादीहरुसंग सम्पर्क राख्?न जरुरी छ र प्रजातान्त्रिक गठवन्धनका लागी नेपालका आन्दोलनरत सात पार्टी र माओवादीहरु बीच सम्पर्क हुनसक्ने/नसक्ने कुरा भारतले थाह पाउनुपर्छ।' काठमाण्डौ स्थित बीबीसी नेपाली सेवाका एकजना सम्वाददाता भन्छन्- विश्लेषकहरुका अनुसार भूमिगत माओवादी नेतृत्वमा चर्किएको विवाद छिट्टै समाधान हुने संकेत त देखिएको छैन नै यसले माओवादी विद्रोहमा नेपालको संस्थापन पक्ष र भारतको भूमिकाको वारेमा पनि थप प्रश्नहरु खडा गरिदिएको छ।
Read Full Discussion Thread for this article