Posted by: newuser May 24, 2005
Photo Kabita
Login in to Rate this Post:     0       ?        
खाटी कविता : लेखनाथ पौड्याल सृजनात्मक पुनर्लेखन : सरुभक्त द्वित्तिय "ज्ञानुको बिलाप" (शिखरिणी छन्दमा) नेपालीको झंटा, तन बिच परेथ्यो जब अनि। ज्ञानु बोल्यो क्वाँ क्वाँ ,गरिकन कठै ब्याकुल बनि ॥ म मर्ने बेला भो, तर मेरो पुतर अधम ता । कता भाग्यो तेस्को, भर सक बुझे है तिमी पता ॥१॥ न सक्थेँ त्यो आँशु, टप टप टिपी चप्प पिउन । नपाउछु रक्सिले, दिनभर अघाएर जिउन ॥ नसक्थेँ ति टाउका, टपटप टिपी माला सिउन । चुँडेँ बेर्थै मैले, नेपाली जनको जिवन किन ॥२॥ दुबै बाबु छोरा, हर बखत पालो गरि गरि। भरि दिन्थौँ गोलि, अकेला जनताको मुख भरि ॥ अकेली फर्सी त्यो, अब शिब हरे दिन बिचरी। गुजारा गर्लि त्यो, कसरी जेलको दिन् हरु गनी ॥३॥ न चाडो जाने भो, सहज सित यो प्राण पवन। न सक्छु यो बाधा, सहन अथवा शान्त रहन ॥ न थामिन्छन् आँशु, न त छ अरु क्यै जिवन गति। कठै कस्तो पापी, कति कुपित म क्रुर नियति ॥४॥ जनतै हो देशको, अति चहकिलो पारसमणी । प्रजाकै शासन हो, यस बिपत्तिको मुख्य तरणी ॥ कुरो यस्तो बुझि, किन म त यो हिंसा तिर झुकेँ । न मार्छन् सहजै, हेर मत नराम्रो सित चुकेँ ॥५॥
Read Full Discussion Thread for this article