Posted by: Dada_Giri May 23, 2005
Propaganda TV
Login in to Rate this Post:     0       ?        
एकताल के सरु, म, कुसुण्डे गोपाल, कुसुण्डेको हरि स्कुलबाट भागेर गइयो। टिकारामको छाउरो नारन भन्नी थियो, छ भनम् न नमोर्या भे। भुते रहमाथि हाम्रै खेतमा सानो चियाको छाप्रो थियो तिनेरुको। अनि ४ जना खोपि खेल्दाखेल्दै मैले १ सुका लगाएँ। गोपालले पनि १ सुका लगायो। हरिले १५ पैसा लगायो। त्यै नारनलाई। अनि "पैसा ले। बुकुना।" भनेम् छैन पैसो सैसो केटोसित त। के दियोस्? अनि हाम्ले "देऊराली चुरोट ले। ५ पैसाको १ खिल्लीको हिसाबले" भनेम्। त्यतिखेर देऊराली चुरोट १ रुपिया पाकेट थियो कि जस्तो लाग्छ। अनि मलाई ५ खिल्ली, कुसुण्डे गोपाललाई ५ खिल्ली, हरिलई ३ खिल्ली दियो। अब उता फेरि गोपालले मलाई १ सुका दिनु छ। मैले १ सुका लगाऽको नि। "ले तिनै ५ खिल्ली देऊराली सिख्रे!" भनेर माग्दाखेरि दिएन यार। उल्टै "तेरा बालाई भन्दिम्? चुरोट खाँदै हिँड्नी।" भनेर मेरा ५ खिल्ली सिख्रेट खोसेर लान्छन् यार ती २ जनाले त। सम्झिदाखेरि ढुगांले हानम् जस्तो हुन्छ यार टोपालाई। कुसुण्डेको टोपा भन्थेम् गोपाललाई गालि गर्दा। रीस उठ्यो यार आज त्यो संम्झेर।
Read Full Discussion Thread for this article