Posted by: nepali_ma May 22, 2005
Private Schools Bandh in Nepal
Login in to Rate this Post:     0       ?        
Remaining episod of the same interview...sorry for late posting.... रबिन्द्र : ऐ त्यल्लाई??कुरालाई तपाईहरु उदाहरणको रुपमा लिनु हुन्छ उसो भऐ, त्यस्तो कुरालाई उदहारण को रुपमा लिनु हुन्छ? लेखनाथे: उदहारणको रुपमा भन्दापनि??हाम्रै देशको सन्धर्बमा पनि २०४६ सालमा स्वयं सत्ताले दुई महिनाको निम्ती क्याम्पसहरु बन्द गरिदिऐको पनि छ। त्यसकारण हामीले के भन्न खोजेको मात्र भन्दा सदाको निम्ती बन्द भन्दा पनि पढाईपनि हुने कुरा त हुन्छ तर अहिले तत्कालका निम्ती प्रजातन्त्रको पक्षमा विद्यार्थीहरुले लड्नु पर्छ। कम्तिमा पनि सडकमा निस्कनु पर्छ र प्रजातन्त्रको बहालीको ऐजेन्दामा लाग्नु पर्छ भन्ने हाम्रो आग्रह हो। हाम्रो योजना हो। रबिन्द्र : अनि त्यसरी निस्किएन, त्यसरी आऐनन् भने, पढ्छु भन्यो भने चाहि अनि विद्यालयमा गऐर बम पड्काई दिने? लेखनाथे: होईन त्यसो होईन हामीले बम पड्काऐको होईन्। सामान्य प्रतिरोधात्मक कारवाहीहरु भई राखेका हुन्??? [Cross question from Rabindra] रबिन्द्र : ल तपाईले सामान्य प्रतिरोधात्मक कारवाही भन्नुस की जे नाम दिनुस् बम त पड्कीऐकैहो स्कुलमा। विद्यार्थीहरु घाइते भऐकै हुन्। लेखनाथे: जरुर हामी बम पड्काउनै कि निम्ती लालाईत भऐको भऐ दुनिया मा धेरै स्कुलहरुमा हामीले (हासेर) बम पड्काउन सक्थ्यौ होला। हामीले छानेर बदमास बदमासहरुको बिचमा प्रतिरोधात्मक कारवाही गरेका छौ। योवाट सायद नेपाली जनता ?.. न्यून स्तरका नेपाली जनताले बुझेको छ ? त्यो भन्दा माथिकोले यसलाई कसरी परिभाषित गर्छ अब त्यो आफ्नै द्रिष्टीकोण को ??. रबिन्द्र : बदमास पनि तपाईहरुको दृष्टीकोणमा जस्ले चन्दा दिऐन तिनीहरु चाही बदमास होला नि फेरी होईन? लेखनाथे: हाम्रो तर्फवाट राष्ट्रिय सम्मेलन भन्दा यता कसैले पनि चन्दा अभियान लिएर गऐको छैन। यदी कसैले लिएर गएको छ भने त्यो चाही हाम्रो नामवाट होईन भन्ने क्लेरिफिकेशन हामीले दिइ राखेका छौ। रबिन्द्र : भने पछि अब विद्यालयहरु अब निर्धक्क संग फेरि संचालन हुन ठाले हुन्छ निजी विद्यालयहरु? लेखनाथे: निजी विद्यालयहरु जो चाही सहमतीमा बन्द गर्ने कुराकानी भएको छ र जो लाई प्रतिरोधात्मक कारवाही हामीले गरिऐको छ त्यो बाहेक निजी शिक्षण संस्थाहरु तत्कालका निम्ती खुल्नका निम्ती हामी आह्वान गर्छौ।
Read Full Discussion Thread for this article