Posted by: sardarsing May 20, 2005
Rajaka Spoonharu
Login in to Rate this Post:     0       ?        
गणेशपुरमा हारेकाहरू रामेश्वर बोहरा श्रीमती पौरसिया मारिएपछि विचल्लीमा परेका फकिरे यादव अढाइवर्षो छोरो रुपनारायणका साथ । बर्दियाको गणेशपुरमा १७ फागुनमा भएको भिडन्तमा चार दर्जन माओवादी मारिएका भनी देशविदेशमा सेनाको बहादुरीको प्रशंसा भएको थियो, तर त्यसको साढेदर्ुइ महिनापछि हिमाल प्रतिनिधि गणेशपुर पुग्दा त्यहाँ मारिएका निर्दोष नागरिकका परिवार एवं घाइतेको विचल्लीले युद्धको अत्यन्तै कहालीलाग्दो तस्बिर देखायो । १७ फागुन २०६१, दिउँसो साढेचार बज्दै थियो । गोठाला र खेतबारीमा काम गर्न गएकाहरू केही फर्किसकेका, केही र्फकदै थिए । पसल खुल्लै थिए । मान्छेको आवतजावत बाक्लै थियो । माओवादीद्वारा अवरुद्ध सडक खुलाउन सदरमुकाम गुलरियाबाट आएको सुरक्षाफौज गाउँलेका घरहरूको आड लिएर लड्न तयार अवस्थामा रहेछन् । नभन्दै माओवादीले आक्रमण गरे र भिडन्त शुरु भयो । आ-आफ्नो काम र घरधन्दामा व्यस्त जनताले सोच्ने र लुक्ने मौकै पाएनन् । घरछेउकै बारीमा घाँस काटिरहेकी छोरी केशरानीलाई बोलाउन निस्किएकी पौरसिया यादव गोली लागेर आँगनमै ढलिन् र उनको त्यहीँ मृत्यु भयो । दर्ुइ वर्षो एउटा छोरा, नौ वर्षी छोरी र १३ वर्षो अर्को छोरा टुहुरा भए । - http://www.himalmedia.com/hkp/2062/jestha-1-15/samachar_sanchep.html
Read Full Discussion Thread for this article