Posted by: Nepe May 19, 2005
DC Rally
Login in to Rate this Post:     0       ?        
त्रुटी र कमजोरी त जहाँ पनि हुने कुरो हो, हुन्छ नाई । कुनै झिनामसिना त्रुटी हुन्छन्, कुनै उल्लेख्य र कुनै गम्भिर । उल्लेख्य र गम्भिर त्रुटीहरुप्रति ध्यानाकर्षण गराउनु राम्रो कुरा हो भन्ने मेरो आग्रह छ । तर झिनामसिना कुरालाई भने महत्व नदिनु नै बेस । म -यालीको एक स्वघोषित प्रबर्धकले भन्दा कुनै औपचारिक आयोजकले सोमनाथजीको गुनासाको जवाफ दिदा राम्रो होला । अरु कुरा त्यस्तै हो, तर -यालीको उद्देश्य के भनेर सोध्नु भएको चाही खट्क्यो है मलाई । मेरो विचारमा यस -यालीको उद्देश्य ज्ञानेन्द्रको regime लाई बहुलाउनु पर्ने गरी तर्साउनु थियो, त्यो उद्देश्यमा यो -याली शतप्रतिशत सफल भएको छ । गोरखापत्रको समाचार रिपोर्ट पढ्नु भएकै होला ?
Read Full Discussion Thread for this article