Posted by: Nirman May 19, 2005
To ppl Who made $50 in DC Rally?
Login in to Rate this Post:     0       ?        
ल मेरो नि पुरानो कविता है राजा समर्थकहरुलाइ उपहार स्वरुप!!!! अर्को धागो मा नि छ है तै नि फेरि हाल्दै छु: ॥॥॥॥मेरो स्तुती गान॥॥॥ मेरो सरकार प्राणभन्दा प्यारा छन्, जति नै दण्डवत् गरे नि भर्दैन मेरो मन। बिहान उठेर एकफेर साष्टाङ्ग दण्डवत म गर्छु, दिनभरि अनि आफ्नो भकारी पनि भर्छु॥ बल्ल आयो मेरो पालो १३ वर्षमा अनेकौं दाउ खेलेर, मेरा मान्छेलाइ अब ठाउँमा पुर्?याउछु नयाँ नियम पेलेर। मैले खाएँ त के भयो यो मेरो सरकारको बिर्ता त हो, मेरा सरकारले "हार्ले" चढे भनेर कराउने तँ को?? यो देशमा नयाँ (उच्च)प्रजातन्त्र म ल्याउँछु, मेरो बिरोध गर्ने जम्मैलाइ जेलमा म जाँक्छु। भ्रष्टाचारी र माओबादिको नाममा बिरोधीलाई म ठोक्छु, शंका लाग्यो भन्दै प्रबुद्धहरुलाई बाहिर जानबाट म रोक्छु॥ मानव अधिकारको नयाँ नियम मैले अब बनाएँ, देश बिकास गर्ने खर्च जम्मै सेनामा मैले खन्याएँ। बिदेशीले पैसा नदिए पनि छैन मलाई त चिन्ता, कालापानी बेचेर म दङ्ग छु हातहतियार किन्दा॥ धुलिखेल र नागढुङ्गाको घेराभित्र छँदैछ शान्ति र सुव्यावस्था, अरु ठुला शहरले नि धानेकै छ मेरो सु-शासनको प्रतिष्था। मान्छे मरेर के भो मान्छे त जन्मेकै हो नि मर्नको लागि, म त यहाँ बाँचेकै छु नि मेरो आत्मालाई टुकुचामा त्यागि॥ धन्यबाद
Read Full Discussion Thread for this article