Posted by: Nepe May 18, 2005
Join DC Rally. May 15. Part 2
Login in to Rate this Post:     0       ?        
Starting part 2 of the thread "JOIN DC RALLY..MAY 15..NEPE " ( - http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=21328 ) -यालीबाट फर्कदा एकजना तन्नेरी युवकले कुराकानीको सिलसिलामा सोधे- किन केही शिक्षित युवकहरु नेपालको राजतन्त्रलाई समर्थन गर्न पुगेका ? मैले भनें ? तिनीहरुको मनभित्र पसेर हेर्नु, वास्तवमा त्यो राजतन्त्रप्रतिको सकारात्मक समर्थन नभएर अक्षम र भ्रष्ट नेताहरु प्रतिको नकारात्मक विद्रोह हो, त्यसैले मौलिक रुपमै खराब कुरो होईन त्यो । त्यस कुराकानीको भोलिपल्ट मैले अर्कै सिलसिलामा साझामा पोष्ट गरेको निम्न शब्दहरु त्यही कुराकानीको विस्तार भने हुन्छ । " डेढ दशक सम्म आफ्नो अक्षमता, दिशाविहिनता र भ्रष्टतालाई प्रदर्शन गरेका नेतामाथिको प्रहारलाई राजाको समर्थन वा प्रजातन्त्रको विरोध ठान्नु दैत्याकार अज्ञानता र मूर्खता बाहेक के होला ? हो कतिपय मान्छेहरु अहिले राजालाई तह लगाउने कामलाई नम्बर एकको प्राथमिकता र अन्य कामलाई दोश्रा-तेश्रा चरण/ प्राथमिकता को काम ठान्दछन् । मेरो यसमा विशाल असहमति छ । मेरो विचारमा, माओवादी, राजा र भ्रष्ट राजनैतिक पिंढी- नेपाली प्रजातन्त्रका तीन महान शत्रुहरु- शक्ति र पुष्टिकरणको हिसाबले अन्नोन्याश्रित छन् , त्यसैले यीनलाई चरण चरण गरेर खतम पार्ने योजना अज्ञानताले भरिएको मात्रै हैन, नैतिक रुपले कमजोर र रणनैतिक र व्यावहारिक रुपमा विफलतामुखी छ । प्रजातन्त्रका यी तीन महान शत्रुहरुमध्ये कुनै दूईलाई काखी च्यापेर वा भविष्यको जिम्मामा सुम्पेर तेश्रोलाई प्रहार गरी खतम गर्ने योजना कुनै तिक्ष्ण वुद्धिको "वुद्धिजीवी" लाई त राम्रै लाग्ला तर त्यस्तो काममा ज्यान फाल्न अवुद्धिजीवी साधारण जनता अघि सर्ने छैनन् । र यो पछिल्लो वर्गको समर्थन/सहभगिता बिना नै प्रजातन्त्र ल्याउने सपना कसैले नदेखे हुन्छ । प्रजातन्त्रका तीन महान शत्रुहरु- माओवादी, राजा र भ्रष्ट राजनैतिक पिंढी- को त्रिलिङ्गीय समागम र गर्भाधानबाट जन्मिने प्रजातन्त्रको कुरो चाही बेग्लै हो । तर त्यस्तो प्रजातन्त्रले विगत डेढ दशकलाई ईतिहासको रंगमंचमा पुन: दोह-याउने काम मात्र गर्नेछ । अब प्रजातन्त्र जन्माउने काम यसको प्राकृतिक जननी, जनता, लाई नै दिनुपर्छ । किनभने अन्यथा सब भ्रम हो । सब नक्कली हो । र यसैले मूर्खता हो ।"
Read Full Discussion Thread for this article