Posted by: Nepe May 17, 2005
Apologize for what?
Login in to Rate this Post:     0       ?        
कुसुमजी, धेरै लामो समयसम्म- ठ्याक्क भन्ने हो भने - असोजतन्त्रको आरम्भसम्म, सबै प्रमुख दलहरु जीवन, धुकधुकी, आदर्श र जिज्ञासा गुमाईसकेर सडिरहेका निर्जिव लाशहरुको दङदङी गन्हाउने थुप्रो जस्तो लाग्थ्यो मलाई । हजारौं हजार रातहरु मैले तिनीहरुको शोकमा बिताएँ । र अक्सर म कुनै एउटा नयाँ, जीवन, आदर्श र रचनात्मक जिज्ञासाको ताजा रगत बगिरहेको एउटा नयाँ क्रान्तिकारी लोकतान्त्रिक दलको fantasy मा हराउँथें । दलहरु आज पनि त्यति बदलिईसकेका छैनन्; खास गरेर ज्येष्ठ नेतृत्व त यथावत कुहिईरहेको छ । तर असोजतन्त्रपछि, कनिष्ट नेतृत्व, कार्यकर्ता र समर्थक वर्गमा विस्तारै केही चेतनाको संचार भईरहेको छ । मलाई के आशा (केवल आशा, भरोसा होईन) हुन थालेको छ भने, शायद कुनै नितान्त नयाँ दलको आवश्यकता छैन । शायद यो अतिविलम्बित नै सही तर जागृत हुँदै गएको चेतनालाई यथोचित हौसला दिईयो भने, दलहरुको यो भग्नावशेषबाटै गर्न सकिन्छ, समयको हाँकलाई आँक्न र आँट्न सक्ने दल वा दलहरुको निर्माण । तर पनि म कहिलेकाही के fantasise गर्छु भने सबै दलहरुका दूई चार दूई चार स्वच्छ र प्रगतिशिल नेताहरु र नागरिक समाजका प्रगतिशिल मान्छेहरु मिलेर एउटा नयाँ क्रान्तिकारी गणतान्त्रिक दलको निर्माण भएको । जे सुकै र जसरी सुकै होस् अनि जोसुकैले गरोस्, जुन शक्ति, गठबन्धन वा आविष्कारले अहिलेको सामन्तवाद-आतङ्कवाद-भ्रष्टाचारको त्रिकोणात्मक Quagmire लाई तोडेर परिवर्तनको ढोका खोल्न सक्छ- त्यो राजा, माओवादी वा कुनै भ्रष्ट दल नै किन नहोस् -समय त्यसैको हो । र म पनि त्यसैको हुँ ।
Read Full Discussion Thread for this article