Posted by: SaruBhakta-II May 15, 2005
Pulchowk Campus
Login in to Rate this Post:     0       ?        
LemmeTelU जी धन्यबाद है हाम्रो ईज्यत राखिदिनु भा'कोमा। अब पुल्चोकमा पढेको भन्या त्यै परिक्षाका बेलाँ मात्र, बाँकि समय त खाली निरौलाको साली र श्यामेको बुढी हेरेरै बित्यो। अझ होस्टेल भित्रका कति कुरा त भनेकै छैनम् यार। अब त्याँ हुँदा त्यो रोबट-सोबट बनाको पनि था'भेन यार आफुलाई त, हुस्सु म :(। अब मेरा स्ट्रक्चर र हाइड्रो-पावरकाका सुत्र यहाँ हालम भने कसैले नबुझ्ने होला, अरु बाहिरी ज्ञान आफुलाई क्यै भे'न। फेरि आफुलाई त बि ई सकेकाले मात्र हो र यार, ओभरसियरले पनि पढाए :(। अब त्यै तरुनि जिस्काउनि र पाटन ढोकामा दिउसै जाँड खा'र खुट्टा बङ्ग्याउदै होस्टेल आउनि, अनि होलीमा हल्ला गर्दै बाहिर निस्कनी र पिटाइ खा'र फर्किनी बाहेक अरु क्यै याद भा'को भा' त मार्दिनु ल मलाई। जे याद भो त्यै लेखेँ नि हजुर, क्यारम् त। अब तपाईँ त्यस्ता ठुला ठुला कुरा गर्न जान्नी मुन्छे ऐले सम्म चुप ला'र बस्दिनी। हजुर अगाडि सरेर बोल्दिनु मात्रै, हाम्ले पछाडि बसेर हो हो भुन्दै तालि बजाइहाल्छम् नि यार। अब मेरा त कुरै यस्तै हुन्। त्यो भुन्छन् नि: कुकुरको पुछ्छर १२ बर्स ढुंग्रोमा राख्यो भुने उल्टै ढुंग्रै बाङ्गिन्छ रे क्या। अब आफुले त अहिले सम्म ढुंग्रो पनि पा'को हैन, नत्र हेर्न हुन्थ्यो के बाङ्गिन्थ्यो भनेर। :p नरिसाम् है साथि, जे भा'नि हाम्रै क्याम्पसको पर्नुभे'छ। कैले काहिँ अड्डाँ घुस खाने बेलाँ काम लाग्छ नि .........रे क्या। एक पाल्टि फेरि धन्यबाद ल। :) -सरु
Read Full Discussion Thread for this article