Posted by: surendras May 13, 2005
Login in to Rate this Post:
0
?
Hi I am back,
एक टुक्रा न्युयोर्क
मान्छे पर्खेर बसेको भूमिगत रेलझैं
अमेरिकाको सवैश्रेष्ठ सहर
प्रहरीको भेषमा रातभर जासुसी गरेर थाकेको छ
हुस्सु र हिउँलाई छिचोलेर परिरहेको पानी
अनि निर्रथक लोट्टोको खेलमा चाख राख्दै
क्रेसेन्ट सडकको पुरानो अखबारझैं
फालिएको छ सडकमा हाम्रो समय ।
'यदि मृत्युपछि पनि जीवन छ भन्ने लाग्छ भने
यो कोठाभित्र छड्के प्रवेश गर
तिमीलाई सत्य देखाइदिनेछु'
प्रत्येक छिमेकीहरुका लागि यस्तो सुन्दर धम्की पस्केर
आत्मसन्तुष्ट मुस्कुराइरहेछ
प्रत्येक सभ्य नागरिक
प्रत्येक स्वतन्त्र मान्छे ।
शैलेश भन्छ- अमेरिकी गुहृयेश्वरीको दर्शन नगरी र्फकने
नेपालीहरुले मोक्ष पाउँदैनन्
गगन भन्छ- यहाँ आएर के को कोठे राजनीति -
डलर कमाउनु र र्फकनु नेपाल ।
अशोक भन्छ- म जस्तो अनाथका लागि
के अमेरिका के नेपाल -
के नेपाल र्फकन सकिन्छ र अब -
राम विश्वकर्मा आफ्नो कमाइसँग सन्तुष्ट नै देखिन्छ ,
डी.भी. चिठ्ठा परेर आएको कान्छा भन्छ-
यहाँका केटीहरु कति बढ्ता
अलिकति गर्मी चढ्नु हुँदैन
लुगा फुकाल्न थालिहाल्छन्
म भूमिगत रेलका गुफाहरुमा दिनभर हराइरहन्छु ।
: शैलेन्द्र साकार